काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्न सक्नुहुन्छ? भनेर प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममा आफ्नो भूमिबारे बोल्न नसकेकाे आराेप लगाए। 'योभन्दा कायरता के हुन्छ? लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन? सरकार यो नेपालको हो भन्न सक्छ कि सक्दैन? यो जमिन फिर्ता ल्या