नाडा अटोमोबाइल्स एसोसिएशनले सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध खुलाउन माग गरेको छ । नाडाको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको हो ।नाडाले कार जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लगाइएको प्रतिवन्ध खुला गर्न माग गरेको जनाएको छ । उक्त भेटघाट तथा छलफलमा नाडाका अध्यक्ष धुव्र थापाले सरकारले देशको विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै रोकेको सवारी आयात तत्काल खुलाउन माग गरे । उ