लामो समयदेखि भन्सारमा थन्किएर रहेका सवारी तथा ढुवानीका साधन छुटाउने समय थप गर्न अटो व्यवसायीहरूले सरकारसँग माग गरेका छन् । भन्सारमा रहेका अन्य सामानसहित सवारी साधनलाई एक हप्ताको समय दिएर भन्सार विभागले हटाउन भनेपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले थप समयको माग गरेको हो ।