पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । एमाले नेता शेरबहादुर तामाङका अनुसार ओलीले पार्टी एकतामा विशेष जोड दिँदै बैठकमा सो प्रस्ताव राखेका थिए ।हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठकमा ओलीले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका थिए । विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने उल्लेख थियो । त्यस्तै विधान बाट हटाइएको पाेलिटब्युरोला