देव गुरुङले प्रस्तुत गरे विधान मस्यौदा, पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरूङले ८ औं महाधिवेशनअन्तर्गत सोमवार शुरू बन्दसत्रमा विधान मस्यौदा प्रस्तुत गरेका छन् ।  यो मस्यौदामा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ ।  पार्टीको अन्तरिम विधानमा पदाधिकारीको व्यवस्था गरिए पनि संख्या नतोकिएको सन्दर्भमा पदाधिकारी संख्या बढाउने प्रस्ताव गरिएको हो ।  विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ, जसअनुसार उपाध्यक्ष मात्रै ७ जना रहने प्रस्ताव गरिएको छ । यस्तै सचिवको संख्या पनि बढ्ने बताइएको छ । विधान प्रस्ता...