सुर्खेत : कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनको आकार बढाउन कार्य सम्पादन सम्झौता गरेको छ। चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने लक्ष्यका साथ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरूसँग शुक्रबार कार्य सम्पादन सम्झौता गरेका हुन्। सम्झौतामा सम्बन्धित मन्त्रालयले सम्पन्न गर्नुपर्ने काम र त्यसको तालिकासहितको विवरण रहेको बताइएको छ। सम्बन्धित मन्त्रीहरुले मन्त्रालयका सचिवहरूसँग सम्झौता गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताए।‘गत आर्थिक ब