दाेलखा : दोलखाको पर्यटकीय क्षेत्र कालिन्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउन आउने पर्यटकले भरिभराउ भएको छ।नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिन्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो।देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिन्चोक पुगेका हुन्। तीन हजार ८४२ मिटर उचाइको प्रसिद्ध कालिन्चोक भगवतीको मन्दिरमा दर्शन गर्ने भक्तजनको बिहानै देखि भीड लागेको मन्दिरका पुजारी परशुराम घिमिरेले बताए।कालिन्चोक क्षेत्रमा विशेषगरी धार्मिक पर्यटक धेरै मात्रामा जाने गरेको पाइन्छ।न