काठमाण्डाै – मगर समुदायले नयाँ वर्ष मनाउने क्रम शुरु भएको छ । हिजाे शुक्रवारदेखि काठमाण्डौको टुँडिखेलमा माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउन शुरु गरेका हुन् । मगर समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउने परम्परा रहेको छ ।
माघे संक्रान्ति पर्वको अवसरमा उनीहरुले मिठामिठा परिकारहरु बनाएर खाने, नाचगान र आफ्नो संस्कृति झल्किने पहिरनसहित रमाइलो गर्ने गर्छन् । शुक्रवारदेखि उनीहरुले आफ्नाआफ्ना सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका छन् । टुँडिखेलमा मगर...