दोलखाको पर्यटकीय क्षेत्र कालिन्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउने आउने पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिन्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो । देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिन्चोक पुगेका हुन् । तीन हजार ८४२ मिटर उचाइको प्रसिद्ध कालिन्चोक भगवतीको मन्दिरमा दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका पुजारी परशुराम घिमिरेले बताए । कालिन्चोक क्षेत्रमा विशेषगरी धार्मिक पर्यटक धेरै मात्रामा जाने गरेको पाइन्छ ।नयाँ वर्षमा