पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा नेपालीहरूलाई शुभकामना दिंदै मुलुकको वर्तमान परिस्थितिले राजसंस्थाबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजसंस्था नेपालमा सान्दर्भिक नहुने बताउनुभएको छ । बडा दशंको सातौं दिन फूलपातीको अवसरमा एक विज्ञप्ति जारी गर्दै उहाँले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक नहुने बताउनुभएको हो । सन्देशमा लेखिएको छ, “देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै …