राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन् "राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएका छन् । राजसंस्था प्रजातन्त्रको बाधक होइन । संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ।
अहिले नेपालको राजनीति रेफ्री विनाको खेल जस्तो छ । जसको शक्ति उसको भक्ति कायम छ...