नवलपरासी पूर्वमा नागरिकता भन्दा राहदानी बनाउने धेरै

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महीनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको संख्या धेरै देखिएको हो । जिल्ला प्रशासन कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालका अनुसार गत साउनदेखि असोज मसान्तसम्म जिल्लाबाट दुई हजार ८८९ ले नयाँ नागरिकता बनाउँदा तीन हजार ८९ ले राहदानी बनाएका छन् । नयाँ नागरिकता लिनेमध्ये महिलाको संख्या एक हजार ४०१ तथा पुरुषको संख्या एक हजार ४८८ रहेका भुसालले बताए । जिल्लाबाट राहदानीका लागि दुई हजार ५३४ ओटा सिफारिश गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत भुसालले जानकारी दिए । उनका अनुसार राहदानी लिन सिफारिस गरिएकामध्ये पुरुष एक हजार ६५७, महिला ८१२ र नाबालक ६५ जना रहेका छन् । त्यस्तै द्रुतसेवामार्फत राहदानीका लागि पराराष्ट्र मन्त्रालयमा ५४५ ओटा सिफारिश गरिएको भुसालले जानकारी दिए । पराराष्ट्रमा सिफारिश गरिएकामध्ये पुरुष ३४६, महिला १८८ र नाबालक ११ जना छन् । गतवर्षको तुलनामा जिल्लाबाट राहदानी बनाउने बढेका छन् । गतवर्ष कोभिड–१९ का प्रभावका कारण थोरैले नागरिकता बनाएका थिए । जिल्लाबाट नयाँ नागरिकता लिनेकै हाराहारीको संख्यामा नागरिकताको प्रतिलिपि लिनेहरू छन् । सूचना अधिकारी भुसालका अनुसार तीन महीनाको अवधिमा दुई हजार ८८३ ले नागरिकताको प्रतिलिपि निकालेका छन् । प्रतिलिपि लिनेमा पुरुष एक हजार ५०६ जना तथा महिला एक हजार ३१७ रहेका छन् । पहिले बनाएको नागरिकता हराएको, चोरी भएको, सच्याउनुपर्ने जस्ता कारण देखाई नागरिकताको प्रतिलिपि लिने गरेको भुसालले बताए । रासस

सम्बन्धित सामग्री

बैतडीमा नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै

बैतडी– बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो । गत आर्थिक वर्ष २०७९–८० मा ६ हजार तीन सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी […]

नागरिकता भन्दा राहदानी बनाउने धेरै

गएको आर्थिक वर्ष २०७९/०८० मा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।...

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी

काठमाडौँ – गत आर्थिक वर्ष २०७९/८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको सङ्ख्याभन्दा राहदानी बनाउनेको सङ्ख्या करिब पाँच हजारभन्दा बढी छ। गत आवमा वंशज, वैवाहिक र जन्मका आधारमा १० हजार तीन सय ५५ जनाले नागरिकता बनाएका छन् भने राहदानी बनाउनेको […]

काभ्रेमा नागरिकता भन्दा राहदानी लिनेकाे संख्या बढी

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेमा नेपाली नागरिकताको प्रमाणपत्र लिने भन्दा राहदानी (पासपोर्ट) लिने मानिसको संख्या बढेको छ । कार्यालयको तथ्यांक अनुसार पछिल्लो ३ महिनामा नागरिकता लिने भन्दा पासपोर्ट लिनेको संख्या बढी देखिएको हाे । फागुन महिनामा ७ सय २८ जनाले नयाँ नागरिकता लिएका छन् । त्यस्तै २ हजार २ सय ८९ जनाले राहदानी लिएका […]

लाइसेन्स, राहदानी र नागरिकता देखाएर पनि भोट हाल्न पाइने

काठमाडाैं । निर्वाचन आयोगले लाइसेन्स, राहदानी र नागरिकता लगायतका सक्कल कागजात देखाएर पनि निर्वाचनमा मत हाल्ने व्यवस्था मिलाउन निर्देशन दिएकाे छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने लाइसेन्स, राहदानी र नागरिकता लगायतका सक्कल कागजात देखाएर पनि मत हाल्न पाउने व्यवस्था मिलाउन निर्देशन दिइएकाे हाे । […]

सिन्धुलीमा नागरिकता र राहदानी बनाउने नागरिकको घुइँचो

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नेपाली नागरिकता र राहदानी बनाउने नागरिककाे घुइँचो लागेको छ । नेपालमा रोजगारीकाे अभावका कारण रोजगारीका लागि विदेशी भूमिमा जानका लागि केही समय यता नेपाली नागरिकता र राहदानी बनाउने नागरिकहरुकाे संख्यामा एक्कासी वृद्धि भएको हो । नेपालीहरुको महान पर्व बडादशैं र तिहार सकिएपछि विदेश जान तयारी गरी नागरिकता र राहदानी […]

राहदानी र नागरिकता बनाउनेका सङ्ख्यामा वृद्धि

काठमाडौँ,१२ साउन । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको दुई वर्षको तथ्याङ्कले कुराको पुष्टि गरेको हो । गत आर्थिक वर्ष २०७८÷७९ मा आठ हजार ५१४ जनाले नागरिकता बनाएका छन् । सो कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार एक वर्षको अवधिमा चार हजार २५७ पुरुष र चार […]

गुल्मीमा एकजना अधिकृतको भरमा नागरिकता र राहदानी

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा एकजना प्रशासकीय अधिकृतको भरमा नागरिकता र राहदानीको काम भइरहेको छ।कार्यालयमा दुईजना प्रशासकीय अधिकृतमध्ये ज्ञानकुमारी भुसाल तीजपछि बिदामा छन्। सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारी पनि सरुवा भएपछि कात्तिक ४ गतेबाट प्रशासकीय अधिकृत उद्धव पन्थीले एक्लै नागरिकता र राहदानी प्रमाणितको काम गरिरहेका छन्।चाडवाडपछि नागरिकता बनाउनेको भीड लाग्ने समयमा एकजना प्रमुख प्रशासकीय अधिकृत मात्रैलाई नागरिकता र राहदानीको काम थेग्न कठिन भएको छ। प्रशास

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८, ७९ को तीन महिनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै देखिएको हो । जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालका अनुसार गत साउनदेखि असोज मसान्तसम्म जिल्लाबाट दुई हजार ८८९ ले नयाँ नागरिकता बनाउँदा तीन हजार ८९ ले राहदानी बनाएका छन् । नयाँ नागरिकता लिनेमध्