लाइसेन्स, राहदानी र नागरिकता देखाएर पनि भोट हाल्न पाइने

काठमाडाैं । निर्वाचन आयोगले लाइसेन्स, राहदानी र नागरिकता लगायतका सक्कल कागजात देखाएर पनि निर्वाचनमा मत हाल्ने व्यवस्था मिलाउन निर्देशन दिएकाे छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने लाइसेन्स, राहदानी र नागरिकता लगायतका सक्कल कागजात देखाएर पनि मत हाल्न पाउने व्यवस्था मिलाउन निर्देशन दिइएकाे हाे । […]

सम्बन्धित सामग्री

भोट दिन जाँदा यी कुरामा ध्यान दिनुपर्छ

काठमाण्डाै - भोट दिन जाँदा आफ्नो परिचय खुल्ने कागजात लिएर जान निर्वाचन आयोगले अनुरोध गरेको छ । मतदाता नामावलीमा नाम भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनीपुर्जाको सक्कल प्रमाणपत्रमध्ये कुनै एक लिएर जान आयोगको अनुरोध छ । मतदान केन्द्रमा होहल्ला गर्न पनि पाइँदैन । यस्तै मतदान केन्द्रमा मतदानको लागि आउने अशक्त, वृद्ध, सुत्केरीलाई आवश्यक सहयोग गर्नुपर्छ । मतदान गर्न जाँदा मोबाइल, क्यामेरा तथा फोटो खिच्ने कुनै उपकरण वा सामग्री साथमा लिएर जान हुँदैन । जाँडरक्सी खाएर गएकाले ...