काभ्रेमा नागरिकता भन्दा राहदानी लिनेकाे संख्या बढी

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेमा नेपाली नागरिकताको प्रमाणपत्र लिने भन्दा राहदानी (पासपोर्ट) लिने मानिसको संख्या बढेको छ । कार्यालयको तथ्यांक अनुसार पछिल्लो ३ महिनामा नागरिकता लिने भन्दा पासपोर्ट लिनेको संख्या बढी देखिएको हाे । फागुन महिनामा ७ सय २८ जनाले नयाँ नागरिकता लिएका छन् । त्यस्तै २ हजार २ सय ८९ जनाले राहदानी लिएका […]

सम्बन्धित सामग्री

सुन तस्करीमा नागरिकता बिक्री प्रकरण : काभ्रेमा फेरि भेटिए विदेशी ‘सोनाम’

-नागरिकता र राहदानी लिने विदेशीको संख्या छ पुग्यो । कर्मचारीको संख्या पनि थपिँदै छ । निमाको नागरिकता र राहदानी खारेजी प्रक्रिया शुरू । काभ्रे सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिकता फेला परेसँगै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गरेको अनुसन्धानमा थप एक जनाले नागरिकता र राहदानी जिल्ला प्रशासन कार्यालय […]

रौतहटमा नागरिकता र राहदानी लिनेको संख्या बढ्दो

रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटबाट नयाँ नागरिकता र राहदानी लिनेको संख्या बढेको छ। आर्थिक वर्ष २०७७।०७८ को तुलनामा चालु आर्थिक वर्ष २०७८।०७९ मा जिल्ला प्रशासन कार्यालय गौरबाट नागरिकता प्रमाणपत्र लिनेको संख्या करिब दोब्बरले बढेको हो।पछिलो एक वर्षमा मात्र १९ हजार ५९ नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ। आव २०७७।०७८ मा कुल १० हजार ४९७ जना नयाँ नागरिकता लिएकोमा आव २०७८।०७९ को असार १२ गतेसम्म १९ हजार ५९ जनाले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र लिन सफल भएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्र

नेपाली राहदानी विश्वको सातौं कमजोर, जापानी राहदानी विश्वको सबैभन्दा बलियो

चैत २८, काठमाडौं ।   नेपालको राहदानी विश्वको सबैभन्दा कमजोर राहदानीको सूचीमा परेको छ । बेलायतको नागरिकता तथा आवाससम्बन्धी परामर्शदाता कम्पनी हेन्ली एन्ड पार्टनर्सले आइतवार सार्वजनिक गरेको विश्वभरका राहदानी सम्बन्धी एउटा सूचकांकले यस्तो देखाएको हो । सूचिअनुसार नेपाली राहदानी सूचीको सबैभन्दा पुछारमा सातौं स्थानमा छ ।  ११२ देश तथा क्षेत्र सूचीकृत यो सूचीमा नेपाल १०६ औं स्थानमा छ । उक्त स्थानमा नेपालसँग प्यालेष्टाइन भू-भाग पनि रहेको छ । नेपालको राहदानीलाई विश्वको ३७ देशमा अनअराइभल भिसा छ । अर्थात् नेपाली राहदानी बोक्नेहरुले ३७ देशमा मात्रै बिना भिसा यात्रा गर्न सक्छन् । यस मामिलामा नेपाल उत्तर कोरियाभन्दा पनि कमजोर छ । सूचीमा नेपालभन्दा ठिक माथि रहेको उत्तर कोरियाली राहदानीलाई ३९ देशमा त्यस्तो सुविधा छ ।  नेपालभन्दा तल १०७ औंदेखि ११२ स्थानमा क्रमशः सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छ । सन् २०२१ को सूचिमा ३८ देशमा अन अराइभल भिसासहित नेपाल १०९ औं स्थानमा थियो । यस वर्षको सूचीमा जम्मा ११६ देश तथा भुभागलाई सूचीकृत गरिएकोमा यस वर्ष यो संख्या घटेर ११२ मा सीमित भएको छ ।  यस अघिका वर्ष झैं यस वर्ष पनि जापानी राहदानी विश्वको सबैभन्दा बलियो राहदानी हो । जापानी राहदानीलाई १९२ देशमा भिसा  बिनै पनि प्रवेशको अनुमति छ । शीर्ष स्थानमा जापानसँगै सिंगापुर पनि रहेको छ । सूचीको दोस्रो स्थानमा दक्षिण कोरिया र जर्मनी छन् । यी दुबै देशको राहदानीलाई १९० देशमा अन–अराइभल भिसा दिइन्छन् । अर्थात् यात्रा गर्नु अगाडि भिसा लगाइराख्नु पर्दैन ।  तेस्रो स्थानमा फिनल्यान्ड, इटली, लक्जम्बर्ग र स्पेन छन् । चौथौमा अष्ट्रिया, डेनमार्क, नेदरल्यान्ड र स्वीडेन छन् । बेलायत पोर्चुगल, आयरल्यान्ड र फ्रान्ससँग पाँचौ स्थानमा छ । अमेरिका स्वीटजरल्यान्ड, नर्वे, न्यूजिल्यान्ड र बेल्जियमसहित विश्वको छैठौं शक्तिशाली राहदानीको सूचीमा छ । भारत सूचिको ८४ औं स्थानमा छ भने चीन ६६ औं स्थानमा । पछिल्लो समय चरम आर्थिक संकटका डुबेको श्रीलंका सूचीको १०३ औं स्थानमा छ । बंगलादेश र पाकिस्तान पनि क्रमशः १०४ र १०९ औं स्थानमा छ । सूचीको पुछारमा अफगानिस्तान छ ।

बन्द भयो एमआआरपी, अब बनाउँदा विद्युतीय पासपोर्ट नै बनाउनु पर्ने

सरकारले विद्युतीय राहदानी अनिवार्य गरेको छ ।  राहदानी विभागले मङ्सिर १५ गतेबाट मेशिन रिडेवल राहदानी(MRP)को लागि टोकन वितरण बन्द गर्दै विद्युतीय राहदानी अनिवार्य गरेको हो ।मेशिन रिडेवल राहदानीको लागि टोकन लिइसकेको भए पनि विद्युतीय राहदानीको लागि निवेदन दिन सकिने विभागले जनाएको छ । टोकन लिईसकेकाले मेशिन रिडेवल राहदानी पनि लिन सक्ने छन् ।टोकन नलिएकाले भने अब विद्युतीय राहदानी नै बनाउने पर्ने छ  ।  राहदानी विभागले २०७८ मङ्गसिर १ गतेबाट विद्युतीय राहदानी जारी गर्न शुरु गरेको हो । विद्युतीय राहदानी लिन राष्ट्रिय परिचय पत्र वा सोको परिचय नम्बर लिई विभागको वेवसाइट https://emrtds.nepalpassport.gov.np/ मार्फत आवेदन गरी समय बुक गर्नु पर्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धित जिल्ला प्रशासन वा ईलाका प्रशासन कार्यालयहरुबाट लिन सकिने छ । विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्य र समन्वयमा विद्युतीय राहदानी जारी गरेको हो । यद्यपि मेशिन रिडेवल राहदानीले पनि काम भने गर्ने छ। मेशिन रिडेवल राहदानीको म्याद नसकिएसम्म अर्को बनाउन अनिवार्य गरिएको छैन । विद्युतीय राहदानीको लागि कसरी निवेदन दिने ? यसको लागि अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । जसले छिटो फर्म भरेर बुकिङ्ग गऱ्यो उसको पालो पहिले आउंछ । मंसिर १५ गते पछि निवेदनको संख्या उल्लेख्य बढाइएको छ । मंसिर १५ गतेबाट ललितपुर जिल्ला प्रशासन कार्यालयबाट अनलाइन बुकिङ्ग खुला गरिएको छ । अर्को हप्ताबाट काठमाडौं र भक्तपुरबाट सेबा शुरु गर्ने कार्यक्रम छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी जारी कार्यको एक हप्ता अवलोकन गरेपछि अन्य जिल्ला प्रशासन कार्यालयहरुमा सेवा शुरु गरिने छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुमा एक हप्ता भित्रै तयारी भएको राहदानी उपलब्ध गराउने कार्यक्रम छ ।कसरी निवेदन दिने?विभागको वेबसाइटको विद्युतीय राहदानीको लागि निवेदन (Apply for ePassport) भन्ने बटन थिंची प्रिइन्रोलमेन्ट पोर्टल मार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नु पर्दछ ।अत: प्रिइन्रोलमेन्ट गर्नु पूर्व आफ्ना सक्कल कागजपत्र जस्तै नागरिकताको प्रमाणपत्र, पुरानो मेशिन रिडेबल राहदानी लिएको भए त्यसको फोटो भएको पृष्ठ, शैक्षिक प्रमाणपत्रअनुसार उमेर फरक परेको भए सक्कल शैक्षिक प्रमाणपत्र आदि कागजात स्क्यान गरेर तयारी अवस्थामा राख्नु होला । १६ बर्ष माथिका र नेपालमा निवेदन दिने सेवाग्राहीहरुको लागि राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर आवश्यक पर्ने हुनाले र जुनसुकै जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिई तुरुन्त राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने हुनाले सो लिई राख्नु हुन राहदानी विभाग अनुरोध गर्दछ ।मोबाइल वा क्यामेराले खिचेको तस्विरको साइज ठूलो हुने, नमिलेको हुने तथा अनावश्यक ब्याकग्राउण्ड आएको हुन सक्ने हुनाले सकभर स्क्यानरको प्रयोग गरेर सक्कल कागजजात नै स्क्यान गर्नुपर्ने हुन्छ । नागरिकताको अगाडि र पछाडि छुट्टाछुट्टै स्क्यान गर्नुपर्छ ।  करिब ३०० डिपिआई (डट पर इन्च) र ४०० के बी भन्दा कम हुने गरेर स्क्यान गऱ्यो भने साइज मिल्छ । धेरै नै कालो खालको डकुमेन्ट छ भने सो भन्दा कम डिपिआइ गरेर स्क्यान गर्न सकिन्छ । फोटोकपीबाट स्क्यान नगर्नु होला ।आफूले नागरिकता लिएको वा बसाई सराई गरेको जिल्ला, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगमा राहदानीको लागि निवेदन दिन सकिन्छ । विद्युतीय राहदानीको लागि निवेदन संकलन गर्न शुरु गरिएका जिल्लाहरु र कुटनीतिक नियोगहरुको बारेमा जानकारी लिएर मात्र निवेदन दिनु होला । फाराम भरी सकेपछि मिति समय र निवेदन दिने ठाउँ छनौट गर्नु पर्ने हुन्छ । भरिसकेको फाराम प्रिन्ट गर्दा आफूले बुक गरेको मिति र समय त्यसैमा प्रिन्ट भएको हुन्छ । फाराम भर्दा नाम, थर, जन्म मिति, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, जारी मिति आदि दोहोराई तेहेराई हेरेर राम्रोसšग भर्नु होला ।आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा जानु पर्दछ । तोकिएको मिति र समयमा गएमा धेरै लाइन बस्न तथा कुर्न नपर्ने हुन्छ । अनलाइन भुक्तानीको व्यवस्था छिटै गरिने छ । हाल नगदबाट भुक्तानी गर्न सकिनेछ ।

नवलपरासी पूर्वमा नागरिकता भन्दा राहदानी बनाउने धेरै

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महीनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको संख्या धेरै देखिएको हो । जिल्ला प्रशासन कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालका अनुसार गत साउनदेखि असोज मसान्तसम्म जिल्लाबाट दुई हजार ८८९ ले नयाँ नागरिकता बनाउँदा तीन हजार ८९ ले राहदानी बनाएका छन् । नयाँ नागरिकता लिनेमध्ये महिलाको संख्या एक हजार ४०१ तथा पुरुषको संख्या एक हजार ४८८ रहेका भुसालले बताए । जिल्लाबाट राहदानीका लागि दुई हजार ५३४ ओटा सिफारिश गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत भुसालले जानकारी दिए । उनका अनुसार राहदानी लिन सिफारिस गरिएकामध्ये पुरुष एक हजार ६५७, महिला ८१२ र नाबालक ६५ जना रहेका छन् । त्यस्तै द्रुतसेवामार्फत राहदानीका लागि पराराष्ट्र मन्त्रालयमा ५४५ ओटा सिफारिश गरिएको भुसालले जानकारी दिए । पराराष्ट्रमा सिफारिश गरिएकामध्ये पुरुष ३४६, महिला १८८ र नाबालक ११ जना छन् । गतवर्षको तुलनामा जिल्लाबाट राहदानी बनाउने बढेका छन् । गतवर्ष कोभिड–१९ का प्रभावका कारण थोरैले नागरिकता बनाएका थिए । जिल्लाबाट नयाँ नागरिकता लिनेकै हाराहारीको संख्यामा नागरिकताको प्रतिलिपि लिनेहरू छन् । सूचना अधिकारी भुसालका अनुसार तीन महीनाको अवधिमा दुई हजार ८८३ ले नागरिकताको प्रतिलिपि निकालेका छन् । प्रतिलिपि लिनेमा पुरुष एक हजार ५०६ जना तथा महिला एक हजार ३१७ रहेका छन् । पहिले बनाएको नागरिकता हराएको, चोरी भएको, सच्याउनुपर्ने जस्ता कारण देखाई नागरिकताको प्रतिलिपि लिने गरेको भुसालले बताए । रासस

नवलपरासी पूर्वमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

कात्तिक १८, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महीनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको संख्या धेरै देखिएको हो ।  जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालका अनुसार गत साउनदेखि असोज मसान्तसम्म जिल्लाबाट दुई हजार ८८९ ले नयाँ नागरिकता बनाउँदा तीन हजार ८९ ले राहदानी बनाएका छन् । नयाँ नागरिकता लिनेमध्ये महिलाको संख्या एक हजार ४०१ तथा पुरुषको संख्या एक हजार ४८८ रहेका भुसालले बताए ।  जिल्लाबाट राहदानीका लागि दुई हजार ५३४ ओटा सिफारिस गरिएको कार्यालयका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत भुसालले जानकारी दिए । उनका अनुसार राहदानी लिन सिफारिस गरिएकामध्ये पुरुष एक हजार ६५७, महिला ८१२ र नाबालक ६५ जना रहेका छन् ।  त्यस्तै द्रुतसेवामार्फत राहदानीका लागि पराराष्ट्र मन्त्रालयमा ५४५ ओटा सिफारिस गरिएको भुसालले जानकारी दिए ।  पराराष्ट्रमा सिफारिस गरिएकामध्ये पुरुष ३४६, महिला १८८ र नाबालक ११ जना रहेका छन् । गत वर्षको तुलनामा जिल्लाबाट राहदानी बनाउने बढेका छन् । गत वर्ष कोभिड–१९ का प्रभावका कारण थोरैले नागरिकता बनाएका थिए ।  त्यसैगरी, जिल्लाबाट नयाँ नागरिकता लिनेकै हाराहारीको संख्यामा नागरिकताको प्रतिलिपि लिनेहरु छन् । सूचना अधिकारी भुसालका अनुसार तीन महीनाको अवधिमा दुई हजार ८८३ ले नागरिकताको प्रतिलिपि निकालेका छन् ।  प्रतिलिपि लिनेमा पुरुष एक हजार ५०६ जना तथा महिला एक हजार ३१७ रहेका छन् । पहिले बनाएको नागरिकता हराएको, चोरी भएको, सच्याउनुपर्ने जस्ता कारण देखाई नागरिकताको प्रतिलिपि लिने गरेका भुसालले बताए । रासस

विदेश जानेको संख्यामा कमी आएपनि राहदानी बनाउने घटेनन्

साउन २४, रौतहट । पछिल्लो समय कोरोना महामारीका कारण वैदेशिक यात्रा गर्न सहज नहुँदा विदेश जानेको संख्यामा कमी आएको छ । वैदेशिक यात्रामा जानेको संख्यामा कमी आएपनि राहदानी बनाउनेको संख्या भने उतिकै रहेको छ ।  जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा २ हजार ९४७ जनाले राहदानी लिएका थिए । अघिल्लो वर्षको तुलनामा ५५ जनाले बढि राहदानी लिएका हुन् । २०७६/७७ मा भने २ हजार ८९२ जनाले राहदानी लिएको प्रशासनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट भने १ हजार २०२ जनाले साधारण सिफारीसबाट राहदानी बनाएका छन् । द्रुत सिफारीसबाट १ हजार ९९१ गरी कुल संख्या ३ हजार १९३ ले राहदानी बनाएको तथ्यांकमा उल्लेख छ ।  ईलाका प्रशासन कार्यालय गरुडामा ९५५ जना जिल्लामा र ६५० जनाले काठमाडौंबाट बनाएको जिल्ला प्रशासन कार्यालय गौरको तथ्यांकमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार नयाँ नागरिकता लिनेको संख्या पनि बढी छ ।  २०७७/७८ मा १० हजार ४९७ ले नयाँ नागरिकता लिए भने २०७६/७७ मा भने ८ हजार ८७४ जनाले नागरिकता लिएका थिए । गत आर्थिक बर्षमा १ हजार ६२३ ले बढी नागरिकता लिएका छन् । त्यसैगरी नागरिकता हराएका वा अन्य कारणले नागरिता गुमाउने ५ हजार ४३६ जनाले पुनः नगरिकताको प्रतिलिपी लिएको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ ।  राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकता अनिवार्य भएकाले लिनेको संख्यामा वृद्धि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा आवश्यक अनुसारको सेवा प्रवाह स्थगित गर्नुका साथै अन्य समयमा भने स्वास्थ्य मापदण्ड अनुसार कार्यालयले सम्पूर्ण सेवा प्रवाह गरेको उनले बताए ।