गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा एकजना प्रशासकीय अधिकृतको भरमा नागरिकता र राहदानीको काम भइरहेको छ।कार्यालयमा दुईजना प्रशासकीय अधिकृतमध्ये ज्ञानकुमारी भुसाल तीजपछि बिदामा छन्। सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारी पनि सरुवा भएपछि कात्तिक ४ गतेबाट प्रशासकीय अधिकृत उद्धव पन्थीले एक्लै नागरिकता र राहदानी प्रमाणितको काम गरिरहेका छन्।चाडवाडपछि नागरिकता बनाउनेको भीड लाग्ने समयमा एकजना प्रमुख प्रशासकीय अधिकृत मात्रैलाई नागरिकता र राहदानीको काम थेग्न कठिन भएको छ। प्रशास