अनुदानको अक्सिजन सिलिण्डरमा वनमन्त्रीको प्रचार, औषधिका प्याकेटमा समेत उनकै तस्वीर

धनगढी : नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले अनुदानमा प्राप्त अक्सिजन सिलिण्डर र औषधिका प्याकेटमा आफ्नै तस्वीर छापेर वितरण गरेका छन्‌। हेलिकोप्टर चढेर गृहजिल्ला डोटी पुगेका मन्त्री आलेले स्वास्थ्य सामग्रीमै आफ्नो प्रचार गरेका हुन्‌। मन्त्री आलेले डोटीमा वितरण गरेका अक्सिजन सिलिण्डरदेखि औषधिका प्याकेटमा पनि आफ्नो तस्बिर टाँसेका छन्।चीनबाट अनुदानमा ल्याएर स्वास्थ्य सेवा विभागले दिएका अक्सिजन सिलिण्डरमा पनि आलेले आफ्नै तस्बिर टाँसेका हुन्। जहाँ

सम्बन्धित सामग्री

नारायणी अस्पतालमा अब बिरामी कुरुवाले अक्सिजन सिलिण्डर ल्याउनु नपर्ने

६ साउन, वीरगञ्ज । कोरोना संक्रमणको दोस्रो लहर उत्कर्षमा पुग्दा नारायणी अस्पतालमा संक्रमितको अत्याधिक चाप थियो । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको शरीरमा अक्सिजनको कमी हुने समस्या थियो । संक्रमितलाई हाई फ्लोमा अक्सिजन दिनुपर्ने अवस्था थियो । तर त्यसबेला ‘टर्सरी अस्पताल’ घोषित नारायणीमा अक्सिजन प्लान्ट त परको कुरा, अक्सिजन पाइपलाइन समेत थिएन । तर अहिले […]

कर्णाली अस्पताललाई युगान्डामा रहेका नेपालीले गरे अक्सिजन सिलिण्डर सहयोग

कोरोना महामारीका कारण नेपालका ठूला अस्पतालमा समेत अक्सिजन अभावले संक्रमितको मृत्यु हुन थालेपछि युगान्डामा रहेका नेपालीले कर्णाली अस्पताललाई अक्सिजन सिलिण्डर पठाएका हुन्।

कोभिड अस्पताललाई ८५ वटा अक्सिजन सिलिण्डर प्रदान

दाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङले तुलसीपुर उपमहानगरलाई  ८५ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ। वडा नम्बर ८ अश्वारामा सञ्चालित मेट्रो अस्पतालको आइसोलेशन उक्त सिलिण्डर प्रदान गरेको हो।राप्रपा केन्द्रीय सदस्य दामोदर भण्डारीले ‘हामीले पहिलो चरणमा सबै साथी मिलेर  ८५ वटा अक्सिजन सिलिण्डर दिएको बताए। कोभिड १९ महामारीका कारण अक्सिजन नपाएर धेरैले ज्यान गुमाएका छन्। यस महाविपत्तिमा कोही पनि कोभिडका बिरामीको अक्सिजन अभावमा मृत्यु नहोस् भन्ने तर्फ पार्टी सचेत रहँदै आएक

नेपाल एयरलाइन्सले चीनबाट ल्यायो २ हजार ३३५ अक्सिजन सिलिण्डर

काठमाडौं। नेपाल एयरलाइन्सको जहाज मार्फत हालसम्म चीनबाट २ हजार ३ सय ३५ अक्सिजन सिलिण्डर काठमाडौं ल्याइएको छ। नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले निगमको जहाजले अक्सिजन सिलिण्डरको अलवा चीनबाट अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामाग्री पनि काठमाडौं ल्याएको बताइन्। निगमको जहाजले जेठ १ गते ओमनबाट ५ सय ६० वटा अक्सिजन सिलिण्डर समेत ल्याएको उनले जनाइन्।

परिसंघद्वारा ९ ओटा अस्पताललाई २०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

जेठ ५, काठमाडौं । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीमार्फत मंगलवार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् ।  परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको छ ।  यसैगरी, परिसंघले महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल दाङलाई १० थान, भेरी अञ्चल अस्पताल नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल विराटनगरलाई २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।   स्वास्थ्य मन्त्रालयमा भएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विपदको समयमा सहयोगका लागि परिसंघलाई धन्यवाद दिए । उनले अहिलेको संकटको अवस्थामा सरकारलाई सहयोग गरेकोमा निजी क्षेत्रप्रति आभार व्यक्त गरेका छन् ।  परिसंघका अध्यक्ष्य सतिशकुमार मोरले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको तर्फबाट सरकारलाई सधैं साथ र सहयोग रहने बताए । उनले भविष्यमा समेत सरकारलाई निजी क्षेत्रको तर्फबाट यस्तै सहयोग रहने उल्लेख गरे ।  कोभिड १९ को संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालमा उपचारका लागि अत्यावश्यक अक्सिजन ग्यास तथा सिलिण्डर अभाव भइरहेको छ । परिसंघले कोभिड संक्रमितको उपचारमा चाप ब्यहोरेका अस्पतालका लागि सिलिण्डर उपलब्ध गराएको हो ।

बर्दियामा अक्सिजन बैंकको स्थापना

बर्दिया : अक्सिजनको अभाव पूर्तिकालागि अक्सिजन बैंकको स्थापना गरिएको छ। ‘मेरो लागि अक्सिजन मेरो योगदान’ भन्ने नाराका साथ बर्दियामा अक्सिजन बैंकको स्थापना गरिएको हो।जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वय तथा उद्योगी, व्यवसायी र समाजसेविको सक्रियतामा अक्सिजन बैंक स्थापना गरिएको जनाइएको छ। अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर अक्सिजन बैंक स्थापना गरेको अक्सिजन बैंक सञ्चालक समितिका संयोजक भेषराज पौडेलले बताए।अहिले बैंकमा अक्सिजन सिलिण्डर सहयोग जुट्न थालेको निर्माण व्यव

सेती प्रादेशिक अस्पताललाई ९८ वटा अक्सिजन सिलिण्डर सहयोग

२० वैशाख, धनगढी । सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि ह्युमानिटी फाउण्डेसनले यहाँका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्न थालेको छ । फाउण्डेसनले सोमबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई नेपालगञ्जबाट खरिद गरेर ल्याइएका ९८ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य समेत रहेका महासचिव दीर्घराज उपाध्यायले फाउण्डेसनमा आवद्ध सदस्यहरुको व्यक्तिगत […]

महामारीमा पनि अक्सिजन उत्पादन भएन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आफ्नै लापबाहीले कोरोना महामारीमा समेत अक्सिजन उत्पादन गर्न सकेको छैन । करिब २ करोड २० लाख खर्चेर २०७६ सालमा ल्याएको अक्सिजन प्लान्ट मेसिन अहिलेसम्म प्रयोगविहीन अवस्थामा छ । जुम्लामै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्ने भन्दै दुई वर्ष पहिले ल्याइएको अक्सिजन प्लान्टबाट कोरोना महमारीमा समेत अहिले सम्म एकवटा पनि अक्सिजन सिलिण्डर उत्पादन हुन […]