सेती प्रादेशिक अस्पताललाई ९८ वटा अक्सिजन सिलिण्डर सहयोग

२० वैशाख, धनगढी । सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि ह्युमानिटी फाउण्डेसनले यहाँका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्न थालेको छ । फाउण्डेसनले सोमबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई नेपालगञ्जबाट खरिद गरेर ल्याइएका ९८ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य समेत रहेका महासचिव दीर्घराज उपाध्यायले फाउण्डेसनमा आवद्ध सदस्यहरुको व्यक्तिगत […]

सम्बन्धित सामग्री

महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग

ह्युमनिटी फाउण्डेशन नेपालले महाकाली अस्पताललाई आज ४१ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । सरकारी अस्पताललाई निःशुल्क रुपमा अक्सिजन उपलब्ध गराउने अभियानअन्र्तगत महाकाली अस्पताललाई सहयोग गरिएको हो ।          अक्सिजनको अभाव रहेको अवस्थामा ह्युमनिटीले सहयोग गरी अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीको ज्यान जोगाउन सघाउ पु¥याएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनुभयो । यसअघि ह्युमनिटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई १०० र डडेल्धुरा उप क्षेत्रीय अस्पताललाई १० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।