दाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङले तुलसीपुर उपमहानगरलाई ८५ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ। वडा नम्बर ८ अश्वारामा सञ्चालित मेट्रो अस्पतालको आइसोलेशन उक्त सिलिण्डर प्रदान गरेको हो।राप्रपा केन्द्रीय सदस्य दामोदर भण्डारीले ‘हामीले पहिलो चरणमा सबै साथी मिलेर ८५ वटा अक्सिजन सिलिण्डर दिएको बताए। कोभिड १९ महामारीका कारण अक्सिजन नपाएर धेरैले ज्यान गुमाएका छन्। यस महाविपत्तिमा कोही पनि कोभिडका बिरामीको अक्सिजन अभावमा मृत्यु नहोस् भन्ने तर्फ पार्टी सचेत रहँदै आएक