दाङ : तुलसीपुर उपमहानगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने भएको छ। कोरोना संक्रमण भयावह बन्दै गएपछि आपतकालीन रुपमा बुधवार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै, उपमहानगरले आइसोलेसनका लागि १०० थान अक्सिजन सिलिण्डर खरिद गर्ने र पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको उपमहानगरका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए। उनका अनुसार प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा ५÷५ वटा अक्सिजन सिलिन्डर र २÷२ वटा अक्सिजन कन्सनट्रेटर व्यवस्थापन गर्ने &n