काठमाडौं : कोरोना संक्रमण दर घट्दै गएसँगै सरकारले कोभिड-१९ प्रोटोकल परिमार्जन गरेको छ। अब विदेश जाँदा कोरोना परीक्षण गर्नुपर्ने र कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण चाहिने व्यवस्था हटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकसहितको विज्ञ टोलीले गरेको सिफारिसका आधारमा शुक्रबारको सचिवस्तरको निर्णय बमोजिम प्रोटोकल परिमार्जन गरिएको हो ।नेपालमा पनि कोभिड १९ को संक्रमण दर, अस्पताल भर्ना दरमा उल्लेख्य कमी आएको र अधिकांश मा