बाँके – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा शिलालेखको विषयमा विवाद उत्पन्न भएको छ । निवर्तमान वडाध्यक्ष बुद्धिसागर सुवेदीले आफ्नो कार्यकालको कामको शिलालेख राख्न खोज्दा बिहीवार तनाव उत्पन्न भएको हो ।
निवर्तमान वडाध्यक्ष सुवेदीको नेतृत्वमा आएको एक समूहले वडा कार्यालयको भित्तामा जबर्जस्ती तोडफोड गर्दै शिलालेख राख्न लागेपछि मात्रै आफूहरूलाई जानकारी भएको वडाध्यक्ष तरुण बज्राचार्यले जानकारी दिनुभयो ।
निवर्तमान वडाध्यक्ष सुवेदीले नागरिककाे सहयोगबाट वडा कार्यालयले ट्र्याक्टर खरिद गरेको जानकारी दिँदै सहयोगीदाता र उप...