लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलालेख तोडफोड र चोरीले विकासका आयोजनाको प्रतिफल समाप्त नहुने बताएका छन् । विकासको कामले जनताको मनमा गढेको माया पनि नहराउने भन्दै उनले शिलालेख तोडफोडको विरोध गरेका छन् ।
‘शिलालेख तोडफोड र चोरीले विकासका आयोजनाको प्रतिफल समाप्त हुने होइन । अनि विकासको कामले जनताको मनमा गढेको माया हराउने नि होइन’, मुख्यमन्त्री पोखरेलले समाजिक सञ्जालमा लेखेका छन् ।
दाङको देउखुरीस्थित सिसहनिया–महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको हो । प्रध...