वडा कार्यालयमा शिलालेख राख्न निवर्तमान वडाध्यक्ष दलबलसहित पुगेपछि…

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा शिलालेख राख्ने विषयमा विवाद भएको छ। निवर्तमान वडाध्यक्ष बुद्धिसागर सुवेदीले आफ्नो कार्यकालमा जनताको पैसाबाट किनिएको ट्र्याक्टर र फोहोर व्यवस्थापनसम्बन्धी बनेको उपभोक्ता समितिको शिलालेख राख्न वडा कार्यालयभित्रै छिनो चलाएपछि विवाद भएको हो। आफ्ना समर्थक लिएर वडा कार्यालयमा पुगेका निवर्तमान वडाध्यक्ष सुवेदीले शिलालेख राख्नका लागि आफैले नापजोख गरेर छिनो […]