बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यान्स र कोभिड–१९ महामारीलगायतका कारणले मुलुकको अर्थतन्त्रमा संकट उन्मुख भएका बेला सरकारले आर्थिक कूटनीति प्रभावकारी बनाउन चासो दिएको छैन । विज्ञहरू भने श्रीलंकाकै जस्तो संकट आउन नदिन सरकारले बेलैमा आर्थिक कूटनीतिमा प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् ।