एनएमबि बैंकको ऋणपत्र आजदेखि विक्रिमा, कहिलेसम्म आवेदन दिन सकिने ?

काठमाडौं, ९ जेठ । एनएमबि बैंकले आज देखि ४ प्रतिशत व्याजदरको १५ वर्षे अवधिको ऋणपत्र विक्रि खुल्ला गरेको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र विक्रिमा ल्याएको हो । बैंकले जारी गरेको १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट र ६ लाख कित्ता […]

सम्बन्धित सामग्री

छिटो अवधिभित्रै विक्री भयो एनएमबि बैंकको १०.७५ % ब्याजदरको ऋणपत्र

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चैत २१ गतेदेखि विक्रीमा ल्याएको ऋणपत्र छिटो अवधिभित्रै विक्री भएको छ । कम्पनीले माग बमोजिम आवेदन प्राप्त भैसकेकाले छिटो अवधि चैत २४ गतेसम्म मात्र ऋणपत्र विक्री गर्ने जानकारी दिएको हो ।  कम्पनीले १० वर्ष अवधिको वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/ २०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो । प्रतिकित्ता रू. १ हजार मूल्य अंकित दरको रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र कम्पनीले विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू. २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागिएको हो । सर्वसाधारणमा बाँडफाँट गरिने ४० प्रतिशत ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिसकिएको छ ।सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा विक्रीमा आएको हो । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।  कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । निश्चित व्याजदर र अवधि तोकेर जारी गरिएको यो ऋणपत्र खरीदकर्ताहरूका लागि तोकिएको ब्याजदर  प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जानकारी दिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

१०.७५ % ब्याजदरको ऋणपत्र निष्कासन गर्दै एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्कासन गरेकोे छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/ २०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो । कम्पनीले  प्रतिकित्ता रू. १ हजार मूल्य अंकित दरको रू.४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू. २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने र बाँकी ४० प्रतिशत अर्थात् रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।  सर्वसाधारणमा बाँडफाँट गरिने ४० प्रतिशत ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरि सकिएको छ । सामूहिक लगानी कोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा विक्रीमा आएको हो ।  यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । निश्चित व्याजदर र अवधि तोकेर जारी गरिएको यो ऋणपत्र खरीदकर्ताहरूका लागि तोकिएको ब्याजदर  प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने पनि कम्पनीले बताएको छ ।

एनएमबि बैंकको उर्जा ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन

जेठ ४, काठमाडौं । वैशाख २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र खरीद गर्ने जेठ ४ गते (आज) अन्तिम दिन रहेको छ । बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गरेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र बिक्री गरेको थियो । दोस्रो पटक भने बैंकले १५ वर्षे अवधिको वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गरेको हो । निष्कासनमा आएको कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।   इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ प्रदान गरेको छ । ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

छिटो अवधिभित्र बिकेन एनएमबि बैंकको उर्जा ऋणपत्र, जेठ ४ गतेसम्म विक्रीमा रहने

वैशाख २५, काठमाडौं । वैशाख २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र जेठ ४ गतेसम्म विक्रीमा रहने भएको छ ।  कम्पनीले छिटो अवधि वैशाख २५ गतेसम्मको मिति तय गरेको थियो । यस अवधिसम्म माग बमोजिम आवेदन नपर्ने देखिएपछि बैंकले ढिलो अवधिसम्म विक्रीमा रहने जानकारी दिएको हो ।  बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गरेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र विक्री गरेको थियो । दोस्रो पटक भने बैंकले १५ वर्षे  अवधिको वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो । निष्कासनमा आएको कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।  सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।   इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ प्रदान गरेको छ ।  ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

एनएमबि बैंकको उर्जा ऋणपत्र आजदेखि विक्रीमा

वैशाख २१, काठमाडौं । एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र आज (बुधवार) देखि विक्रीमा आएको छ ।  बैंकले १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गर्न लागेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र विक्री गरेको थियो । दोस्रो पटक भने बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो ।  निष्कासनमा आउने कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।  सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।   इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्र छिटोमा वैशाख २५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ४ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको छ । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माइनस रेटिङ प्रदान गरेको छ ।  ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

दोस्रो पटक उर्जा ऋणपत्र विक्री गर्दै एनएमबि बैंक

वैशाख १२, काठमाडौं । एनएमबि बैंक लिमिटेडले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गर्ने भएको छ ।  बैंकले वैशाख २१ गतेदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गर्न लागेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र विक्री गरेको थियो । दोस्रो पटक भने बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो ।  निष्कासनमा आउने कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।  सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।   इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्र छिटोमा वैशाख २५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ४ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको छ । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माइनस रेटिङ प्रदान गरेको छ ।  ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

एनएमबि बैंकको उर्जा ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

एनएमबि बैंकले आज (जेठ ९ गते) देखि १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो। बैंकले निष्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ...

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

जेठ ६, काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको ‘एनएमबि ऋणपत्र ८ दशमलव ५–२०८/८८’ नामको ऋणपत्र विक्री गरेको हो ।  प्रति ऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ ।  सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आएको हो । सार्वजनिक निष्कासनमा आउन लागेको ऋणपत्रका लागि मात्र आवेदन दिन सकिनेछ । यस ऋणपत्र खरीदका लागि आज (बिहीवार) बैंकिङ समयसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ ।  उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

एनएमबि बैंकको ऋणपत्र जेठ १६ गतेसम्म विक्रीमा रहने

जेठ ५, काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र जेठ १६ गतेसम्म विक्रीमा रहने भएको छ ।  कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको “एनएमबि ऋणपत्र ८ दशमलव ५–२०८७/ ८८” नामको ऋणपत्र विक्री खुला गरेको हो । यो ऋणपत्र छिटोमा जेठ ५ गतेसम्म र ढिलोमा जेठ १६ गतेसम्म विक्रीमा खुला रहने मिति तय गरिएको थियो । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेकाले ढिलो अवधिसम्म विक्री खुला गरिने भएको हो ।  कम्पनीले प्रतिऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको ऋणपत्रका लागि मात्र आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र खरीदका लागि आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले उक्त कम्पनी समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा प्रयाप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

एनएमबि बैंकले जेठ २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, कहिलेसम्म आवेदन दिन सकिने ?

कठामाडौं, २४ बैशाख । जेठ २ गतेदेखि एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदर भएको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको हो । ‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ नाम दिइएको यस ऋणपत्रमा १ हजार रुपैयाँको दरले १२ लाख कित्ता व्यक्तिगत तर्फबाट र ८ लाख […]