भरतपुर अपडेट : सुवेदीसँग १३९३ मन्तान्तर बढाएर रेनु दाहाल अग्रस्थानमा

जेठ ४, चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ । दाहाल ९ हजार ४४७ मतका साथ अग्रस्थानमा छन् भने सुवेदी आठ हजार ५४ मतका साथ पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चार हजार २६५ मतका साथ तेस्रो स्थानमा छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले ६ हजार ५७७ मत प्राप्त गरेका छन् । हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ । वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ दुई हजार ६१ मत र नेकपा (एमाले)का डोलनारायण अधिकारीले एक हजार ७६१ मत प्राप्त गरेका छन् । यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् । भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम छ । रासस

सम्बन्धित सामग्री

रेनु दाहाल चढेको गाडी दुर्घटना

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडि दुर्घटना

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडि दुर्घटनामा परेको छ। उनी सवार ३–०१०२३ च ७३१८ नम्बरको कार जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जिव दास...

ललितपुरमा दुर्घटनामा परिन् भरतपुरकी मेयर रेनु दाहाल

काठमाडौँ- भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल ललितपुरमा सवारी दुर्घटनामा परेकी हुन्। उनी निकट स्रोतका अनुसार काठमाडौँ आएकी रेनु दाहाल ललितपुर जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेकी हुन्। शुक्रबार दिउँसो उनी चढेको प्रदेश ३-०१-०२३ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोकिएको थियो। टाउकोमा सामान्य चोट लागेकी रेनुलाई उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ।

भरतपुरको मेयरमा रेनु दाहाल दोस्रो कार्यकालका लागि विजयी

काठमाडौँ – भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएकी हुन्। दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन्। दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत […]

रेनु दाहाल भरतपुरको मेयर निर्वाचित

काठमाडौं, १० जेठ । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेका विजय सुवेदीभन्दा १२ हजार ४४९ मत बढी ल्याएर जितेकी हुन् । रेनुले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । सुवेदीले ३९ हजार ५८१ मत ल्याए । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत […]

रेनु दाहाल फेरि भरतपुरको मेयर

काठमाडौं, १० जेठ । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर दोहोरिने निश्चित भएको छ । केही मत मान्न गणना हुँदा दाहाल भारी मतान्तरले अगाडि रहेपछि उनको मेयर जित्ने पक्का भएको हो । रेनुले ५० हजार मत कटाएकी छिन् । नेकपा एमालेका विजय सुवेदीले ३८ हजार मत कटाएका छन् । १२ हजार मतान्तरले रेनु […]

चितवनमा रेनु दाहाल ३० मतले अगाडि

चितवन – चितवन महानगरपालिकामा १७ हजार ३४ मत गन्दा रेनु दाहाल ३० मतले अगाडि हुनुहुन्छ । दाहालले ५ हजार ७ सय १८ मत पाउँदा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मत पाउनु भएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत पाउनु भएको छ ।

भरतपुर महानगरपालिकाः रेनु दाहाल १५ मतले अघि

विजय सुवेदी, नेकपा (एमाले) – ५३६७, रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ५३८२, जगन्नाथ पौडेल, (स्वतन्त्र) – २५७७...

भरतपुरमा रेनु दाहाल र विजय सुवेदीको तीव्र प्रतिस्पर्धा

काठमाण्डौ - भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।  पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मत पाउनुभएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले ५१९ मत ल्याउनुभएको छ ।

सुजिता मृत्युप्रकरणबारे रेनु दाहाल बोलिन्

काठमाडौं, २१ असार । चितवनमा मृत फेला परेकी सुजिता भण्डारी घटना प्रकरणबारे भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल बोलेकी छिन् । उनले अपहरण गरी हत्या गरिएको भन्दै तत्काल दोषीमाथि कारबाहीको माग गरेकी छिन् । आज सामाजिक सञ्जालमा लेख्दै दाहालले घटनामा संलग्न अपराधीको खोजी कार्यमा कत्तिपति ढिलासुस्ती नर्ग ध्यानाकर्षण गराएकी छिन् । दाहालले लेखेकी छिन्ः राप्ती नगरपालिका […]