वृद्ध नेताको हातमा पार्टी र देश : उत्तराधिकारी को ?

काठमाडौं : सरकारको नेतृत्व संसदीय दलको नेताले गर्ने प्रचलन छ। तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष वयोवृद्ध अवस्थाका नेताहरूले चलाइरहेका छन्। शेरबहादुर देउवा कांग्रेस, केपी शर्मा ओली एमाले र पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको नेतृत्व हाँकिरहेका छन्। उनीहरू तीनै जना उमेरले ७० वर्ष पार गरिसकेका छन्। विसं २००३ साल जेठ ३१ गते जन्मिएका देउवा उमेरले ७७ वर्ष पारे। उनले पाँच पटक प्रधानमन्त्री बनेर देश र दुईपटक सभापति भएर पार्टी चलाइसकेका छन्।विसं २००८

सम्बन्धित सामग्री

अफ्रिकी देशमा किन बढ्दै छ ‘कु’ ?

मध्य अफ्रिकी देश ग्याबोनमा मंगलबार ‘कु’ भएपछि अपदस्थ गरिएका राष्ट्रपति अली बोन्गोले एउटा छोटो भिडियो सार्वजनिक गरे, जसमा सन् २००९ देखि शासनमा रहेका उनी कमजोर देखिन्थे । सन् १९६७ देखि ग्याबोनमा शासन गरेका पिता ओमारका उत्तराधिकारी ६४ वर्षीय अलीले ‘कु’ विरुद्धमा आवाज उठाउन आग्रह गरेका थिए । तर, त्यसविपरीत लामो समयदेखि एकै परिवारको शासन अन्त्यको खुसीयाली मनाउन राजधानी लिब्रभिलमा नागरिकहरू जम्मा भइरहेका थिए ।

उत्तराधिकारी बिना एक्लै ओली !

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै देशव्यापी कार्यक्रममा सहभागी भएका छन् । एमालेका शीर्ष नेताहरुको कुनै पनि क्षेत्र सुरक्षित नभएका कारण उनीहरु देश दौडाहामा जान नपाएपछि ओलीमात्रै देश दौडाहामा लागेका हुन् ।

उत्तराधिकारी बिना एक्लै ओली !

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै देशव्यापी कार्यक्रममा सहभागी भएका छन् । एमालेका शीर्ष नेताहरुको कुनै पनि क्षेत्र सुरक्षित नभएका कारण उनीहरु देश दौडाहामा जान नपाएपछि ओलीमात्रै देश दौडाहामा लागेका हुन् ।

ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा

बेलायती कन्जरभेटिभ नेता ऋषि सुनकले औपचारिक रूपमा आफू निवर्तमान प्रधानमन्त्री लिज ट्रसको उत्तराधिकारी बन्न खोजेको घोषणा गरेका छन् । देशले धेरै संकट सामना गरिरहेको बेला उनले ट्रसको उत्तराधिकारी घोषणा गरेका हुन् ।बिहीबार ट्रसको असाधारण राजीनामापछि पूर्वचान्सलरले  दोस्रो पटक आफूलाई प्रधानमन्त्रीको दौडमा राखेका हुन् ।लिज ट्रसले शीर्ष पदमा हराएको ६ सातापछि कन्जरभेटिभ नेता र प्रधानमन्त्री बन्ने घोषणा गर्दै सुनकले ट्वीट गरे, ‘बेलायत एक महान देश हो तर हामीले गहिरो आर्थिक संकटको सामना गरिरहेका

श्रीलंकामा एकैपटक लिटरमा ४० रुपैयाँले घट्यो पेट्रोलको मूल्य

विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले सोमबार इन्धनको मूल्य घटाएको छ । ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य सोमबार रातिदेखि प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ ( करिब १.०२ अमेरिकी डलर) कायम गरिएको जनाएको छ ।तर नियमित पेट्रोलको मूल्य गत वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ भने डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी छ । श्रीलङ्कामा वैदेशिक मुद्राको अभावसँगै इन्धन खरिदका लागि यस वर्षको सुरुमा सवारी चालकहरूले इन्धन प्राप्त गर्न हप्तौं बिताउनु परेको थियो । इन्धन अभावसँगै देखिएको आर्थिक सङ्कट र खाद्यान्न लगायतका सामानमा अत्यधिक मूल्यवृद्धिले हप्तौंसम्म चलेको प्रदर्शनमा योगदान पु¥याएको थियो । आन्दोलनले उचाई लिँदा तत्कालिन राष्ट्रपति गोटबाया राजापाक्षलाई जुलाईमा पद त्याग गरी देश छोड्न बाध्य बनाएको थियो ।हालैका हप्ताहरूमा पम्पहरूमा इन्धनको लागि पर्खनेहरूको लाइन केही कम भएको छ, तर आवश्यक आयातको लागि भुक्तानी गर्न आवश्यक डलरको स्थायी अभावको कारण ईन्धन अझै पनि कडाईका साथ वितरण गरिएको छ । डिजेलको अभावका कारण सार्वजनिक यातायात पनि ठप्प भएको थियो तर अहिले सेवाहरू लगभग सामान्य अवस्थामा फर्केका छन्, यद्यपि यातायात भाडा, अन्य सेवा र सामानहरूको बढ्दो मूल्यजस्तै दोब्बर भएको छ। आधिकारिक वार्षिक मुद्रास्फीति दर ७० प्रतिशतको हाराहारीमा चलिरहेको छ ।विश्व बैंकले श्रीलङ्काको केन्द्रीय बैंकले प्रक्षेपण गरेको ८.७ प्रतिशतको प्रक्षेपणभन्दा आर्थिक सङ्कुचन भयावह हुने चेतावनी दिएपछि पेट्रोल र डिजेलमा पछिल्लो पटक कमी आएको हो । विश्व बैंकले गत साता सार्वजनिक गरेको पछिल्लो विवरणमा आगामी वर्ष पनि अर्थतन्त्र खुम्चिँदै जाने उल्लेख छ । आगामी वर्ष ४.२ प्रतिशतले सङ्कुचन आउने अनुमान गरिएको छ ।कोभिड–१९ महामारी र युक्रेन युद्धका अतिरिक्त श्रीलङ्काको स्वतन्त्रतापछिको सबैभन्दा खराब सङ्कटको आंशिक कारण राजापाक्षले नोभेम्बर २०१९ मा सत्तामा आएपछि घोषणा गरेको कर कटौती पनि हो । यो सङ्कटले सरकारलाई अप्रिलमा ५१ अर्ब अमेरिकी डलर को विदेशी ऋण तिर्न बाधा परेको थियो ।राजापाक्षका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले केही कर कटौतीलाई उल्ट्याएका छन् र बढी राजस्व सङ्कलनका लागि नयाँ योजनाहरू सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चार वर्षका लागि दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता स्वीकृत गरेको छ । तर मुद्रास्फीति नियन्त्रण गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एउटा सहयोग स्वीकृत भएपनि यो प्याकेज श्रीलङ्काको प्रमुख ऋणदाता चीनलगायतका अन्य ऋणदाताहरूसँग सम्झौताको अधीनमा छ ।

युवा क्रान्तिका सिपाही मात्रै कि उत्तराधिकारी पनि ?

युवाहरू स्वभावैले सङ्घर्षशील र जुझारू हुन्छन् । क्रान्तिकारी जोशले भरिपूर्ण हुन्छन् । त्यो जोश र जुझारुपनलाई विचारले गति दियो भने युवापङ्क्तिले आफ्नो समाज, देश र मानवजगतलाई नै गति दिनसक्छ । क्रान्तिकारी विचारले खँदिलो बनेका युवाहरू देशको स्वाधीनताको रक्षा गर्ने मुख्य शक्ति हुन्छन् । परिवर्तनको सारथि पनि हुन्छन् । समयको मागअनुसार देशका युवादस्ता कहिले क्रान्तिका सिपाही […]