काठमाडौं : जिल्ला अदालत नवलपुरमा नायक पल शाहविरुद्धको थुनछेक बहस सकिएको छ। नाबालिका बलात्कारको अभियोग लागेका शाहविरुद्ध आज नवलपुर अदालतमा तीनजना सरकारी वकिल बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस गरे। पीडित पक्षका तर्फबाट अधिवक्ता सरिता तिवारी र भूपेन्द्र खनालले बहस गरेका हुन्। उनीहरूले बहसमा हदैसम्मको कारबाहीको माग राखेका छन्। साथै अभियुक्त शाहलाई थुनामै राख्नुपर्ने तर्क पेश गर्दै कानुनअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन्।यस्तै अभियुक्त शाहका तर्फबाट नौ