राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको पालना नगरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनको घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । नेता रामसहायप्रसाद यादवले पार्टीको मधेस कमिटीले शनिबारदेखि चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको जानकारी दिए ।