राष्ट्रपतिको कदमविरुद्ध जसपाले गर्‍यो आन्दोलनको घोषणा

जनकपुरधाम । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । बिहीबार भर्चुअल मार्फत बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको मुख्य सचिव दिनेश यादवले […]

सम्बन्धित सामग्री

युग पाठकले गरे ‘उत्स्रवण’ आन्दोलनको घोषणा

लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले नयाँ आन्दोलन उत्स्रवण आन्दोलनको घोषणा गरेका छन्। झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन लड्ने घोषणा गर्दै उनले शनिबार नयाँ...

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा

पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख छ ।  यस्तै, २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने पनि जनाइएको छ । यसका साथै, २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड/अनलोड नगर्ने उनीहरूले चेतावनी द

चुरे संरक्षणका लागि आन्दोलनको घोषणा

चुरे तथा वन जंगल संरक्षण अभियानले चुरे संरक्षण सहितका माग राख्दै आन्दोलनको घोषणा गरेको छ । शनिवार एक पत्रकार सम्मेलन आयोजना गरी चुरे अभियन्ताहरुले आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गर्नुपर्ने, तराई मधेशका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई भूमि अधिकार दिनुपर्ने र नक्कली भूमिहीन दलित सुकुम्बासीहरू, आयोग तथा स्थानीय तहद्वारा भइरहेको चुरे वनजंगल मास्ने कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेका

भाडा समायोजन नगरे आन्दोलनको घोषणा

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । महासंघले एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी १ चैत्रबाट आन्दोलनमा जाने घोषणा गरेको हो ।महासंघले हाल कायम भाडा दरमा अन्तर प्रदेश र प्रदेश स्तरीय रुटमा न्युनतम २६ प्रतिशतले वृद्धि गर्न […]

यातायात महासंघद्वारा भाडा समायोजनको माग गर्दै आन्दोलनको घोषणा

सार्वजनिक यातायात केन्द्रीय महासंघले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै महासंघले आन्दोलनको घोषणा गरेको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा...

विप्लवद्वारा बन्दसहित आन्दोलनको घोषणा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दसहित आन्दोलनको घोषणा गरेको छ । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेकपाले बन्दसहित आन्दोलनको घोषणा गरेको हो । बिहीबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्त

बारद्वारा प्रधानन्यायाधीशविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बारले आफ्नो केन्द्रीय समिति बैठकबाट प्रधानन्यायाधीशले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता एवं गरिमा राख्न नसकेको भन्दै राजीनामा दिन माग गरेको हो । राजीनामा गर्न पाँच दिने अल्टिमेटम बारले कात्तिक १४ देखि १७ गतेसम्म सर्वोच्च अदालतमा कालोपट्टि बाँधेर विरोध गर्ने […] The post बारद्वारा प्रधानन्यायाधीशविरुद्ध आन्दोलनको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

उखु किसानद्वारा फेरि राजधानी केन्द्रित आन्दोलनको घोषणा

संघर्षरत उखु किसानहरुले पुनः राजधानी (काठमाडौं) केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संयुक्त किसान संघर्ष समितिले भदौ ५ गतेसम्म किसानहरुको बाँकी सम्पूर्ण भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिँदै आन्दोलनको घोषणा गरेको हो । यदि भदौ ५ गते भित्र पनि बक्यौता बाँकी रहेका किसानहरुले उखुको भुक्तानी नपाए, पुनः राजधानी केन्द्रित आन्दोलन चर्काउने संघर्ष समितिले जनाएको छ । तर, यसपटकको आन्दोलन पहिले पहिलेको जस्तो नभएर निर्णायक हुने समेत संघर्ष समितिले पत्रकार सम्मेल

जसपाद्वारा प्रतिगमनविरुद्ध आन्दोलनको घोषणा

सरकारले गरेको प्रतिनिधिसभा विघटन विरुद्धमा जनता समाजवादी पार्टी(जसपा) ले आन्दोलनको घोषणा गरेको छ । संयोजक डा. बाबुराम भट्टराईले आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी सामाजिक सञ्जाल टुइटर मार्फत गराएका छन् ।  जसपा...

लक्ष्मण थारुलगायतको रिहाइको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर घटनामा दोषी ठहर भएकाहरु राजबन्दी भएको दाबी गर्दै रिहाईको मागसहित आन्दोलनको घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी टीकापुर थरुहट÷थारुवान विद्रोह राजबन्दी रिहाइ राष्ट्रिय अभियानले आन्दोलनको घोषणा गरेको हो । २१ वटा विभिन्न संघसंस्थाहरू अभियानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक सुरेन्द्र चौधरीले आन्दोलनको कार्यक्रम घोषणाबारे जानकारी दिएका हुन् । पहिलो र दोस्रो चरणको अभियान नाम दिइएको आन्दोलनको कार्यक्रममा विभिन्न पक्ष र क्षेत्रका व्यक्तिहरुसँग अन्तक्रिया गर्ने, प्रदर्शन गरी सिडिओहरुलाई ज्...