राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । असोज ७ गते बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको पार्टीको आरोप छ । त्यस्तै सत्ता गठबन्धनले पनि हालसम्म किसान आन्दोलनका मागहरू सम्बोधन नगरेको भन्दै जनमत पार्टीले आन्दोलन घोषणा गरेको जनाएको छ ।असोज ९ र १० गते हरेक वडामा दसैंको