काठमाडौँ : पाकिस्तानले एसियाकप क्रिकेटको शीर्ष चारमा आफ्नो दोस्रो प्रतिस्पर्धा गर्दै छ। बुधबार हुने खेलमा पाकिस्तान अफगानिस्तानविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहँदा अफगानिस्तान भने फाइनल आस कायम राख्न पाकिस्तानलाई हराउने लक्ष्यमा हुनेछ।पाकिस्तान र अफगानिस्तानको खेलले भारतको भाग्यको पनि फैसला गर्नेछ। यदि अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको खण्डमा भारत पनि फाइनलको दौडमा फर्कनेछ। तर पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेमा फाइनल पुग्ने दुई टोलीको तय हुनेछ।पाकिस्तानको जितले श्रीलंका र