काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले उनको राजीनामा आगामी कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार गुरागाईँले कात्तिक १० (आज)गते प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा पेस गरेका थिए। प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा […]
कात्तिक महिनाको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको सुधार आएको छ । परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ । यसअघि असोज ७ गते ६ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको बजारमा आज त्यसयताकै उच्च, करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ । आज जलविद्युत् समूहमा डेढ प्रतिशतको बढोत्तरी […]
लन्डन, (एजेन्सी) पोर्चुगलका विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा ऐतिहासिक कीर्तिमान रच्दै २ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने विश्वकै पहिलो सक्रिय खेलाडी बन्न सफल भएका छन् । फोब्र्सको पछिल्लो तथ्याङ्कअनुसार रोनाल्डोको करिअर आम्दानी करिब २ अर्ब ९ करोड डलर पुगेको छ, जुन नेपाली रुपैयाँमा १ अमेरिकी डलर बराबर १५२ रुपैयाँका दरले करिब […]
पूर्वअर्थसचिव डा. रामप्रसाद घिमिरे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को कार्यकारी निर्देशक नियुक्त भएका छन्। निजामती सेवाको उमेरहदका कारण गत फागुनमा सचिव पदबाट अनिवार्य अवकाश पाएका घिमिरेले एक वर्ष नबित्दै सरकारी कर्मचारीको प्रशिक्षण तथा क्षमता विकासमा काम गर्ने संस्थाको नेतृत्व पाएका हुन्। उनी ५८ वर्षे उमेरहदका कारण सचिवको पाँचवर्षे कार्यकाल पूरा नहुँदै अवकाशमा गएका थिए। […]