विश्वकप फाइनल : आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

मेलवन । पाकिस्तान र इंग्ल्यान्डबिच आइतबार (आज) टी-२० विश्वकपको फाइनलमा प्रतिस्पर्धा हुँदै छ । जारी विश्वकपमा इंग्ल्यान्डको ब्याटिङ निकै चलेको छ । टोलीमा एकसेएक स्टार ब्याट्सम्यान छन् । त्यसमध्ये पनि ओपनरद्वय जोस बटलर र एलेक्स हेल्स निकै फर्ममा छन् । उनीहरूले मिलेर प्रतियोगितामा पाँच सय १० रन बनाइसकेका छन् । उनीहरूले एक सय ७० रनको साझेदारी गर्दा सेमिफाइनलमा भारतलाई १० […] The post विश्वकप फाइनल : आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

टि २० क्रिकेट विश्वकप: फाइनल प्रवेशका लागि आज भारत र इङल्याण्ड भिड्दै

अष्ट्रेलियामा जारी टि २० क्रिकेट विश्वकपमा आज दोस्रो सेमिफाइनल खेल हुदै छ । दोस्रो सेमिफाइनल खेलमा आज नेपाली समय अनुसार १:४५ बजे भारत र इंग्ल्यान्ड भिड्दै छन् । यो खेल मेलबर्नमा हुने छ ।भारत समुह २ को समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने इंग्ल्यान्ड समुह १ को उप बिजेता बन्दै सेमिफाइनल पुगेको हो । यस खेलको बिजेताले आइतबार उपाधिको लागि पाकिस्तानसाग प्रतिस्पर्धा गर्ने छ ।हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजील्याण्डलाई पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरिसकेको छ ।  पाकिस्तानले न्युजील्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिंग गरेको न्युजील्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले १९.२ ओभरमा ३ विकेटको क्षतिमा ५ बल बाँकि रहदै उक्त लक्ष्य भेट्टाएको हो ।  पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५३ रन, मोहम्मद रिजवानले ५७ रन तथा मोहम्मद ह्यारिसले ३० रन बनाए ।  न्युजील्याण्ड समुह १ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने पाकिस्तान समुह २ को उप् बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो  । समुह चरणमा न्युजील्याण्ड ३ खेल जितेको थियो भने १ खेल हारेको थियो  । १ खेल वर्षाका कारण नतिजा आउँन सकेको थिएँन  । त्यस्तै पाकिस्तानले समुह चरणमा ३ खेल जितेको थियो भने २ खेल हारेको थियो  । सुरुका २ खेलमा हार बेहोरेपछि पाकिस्तानको सेमिफाइनल यात्रा कठिन बनेको थियो । तर नेदरल्याण्डले साउथ अफ्रीकालाई हराएपछि र पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि पाकिस्तान सेमिफाइनलमा पुग्न सफल भएको थियो।  साउथ अफ्रीकाले हार बेहोरेकै कारणले पाकिस्तानको सेमिफाइनलमा स्थान सम्भव भएको थियो । अब भने पाकिस्तानले फाइनल मै स्थान पक्का गरेको छ । फाइनल खेल आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ ।  फाइनल खेल पनि दिउँसो १:४५ बजे नै हुने छ । फाइनल खेल भारत र पाकिस्तानबीच होस् भन्ने चाहना सामाजिक संजालमा  देखिन थालेको छ ।  भारतले इंग्ल्यान्डलाई पराजित गरेमा भारत र पाकिस्तानबीचको फाइनल खेल सम्भव हुने छ ।  डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो ।