नागरिकता बनाउन लामबद्ध सेवाग्राही

म्याग्दी, २ मङ्सिर: जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा नागरिकता बनाउनका लागि लामबद्ध सेवाग्राही । जनशक्ति कमी हुँदा प्रशासनको सेवा प्रभावित बनेको छ ।-तस्वीर : सन्तोष गौतम-रासस

सम्बन्धित सामग्री

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ‘टाईम कार्ड’, एक घण्टामै नागरिकता

काठमाडौं । सरकारी निकायले दिने सानो सेवामा प्रक्रिया धेरै पूरा गर्नुपदा सेवाग्राही वाक्क, दिक्क हुने गरेका छन् । त्यसमाथि दिनहुँको तारिख अनि काम नहुँदाको नागरिक छटपटीले वर्षौंदेखि उपचार पाएको छैन । नागरिकता, पासर्पोर्ट, नापी, मालपोतदेखि राजश्व तिर्नसमेत अनुकूल वातावरण नपाउँदा हैरानी थप बढ्दै गएको छ । भर्खरै आएको नयाँ सरकारले नागरिक सेवालाई प्रभावकारी बनाउन थालेको […]

लयमा फर्किएनन् सरकारी कार्यालय : न सेवाग्राहीको भीड, न कर्मचारीमा उत्साह

स्थानीय तहका जनप्रतिनिधिले कार्यभार नसम्हालेका कारण नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि बनाउन आउने सेवाग्राही कम भएको जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल बताउनुहुन्छ ।

तनहुँमा नागरिकता लिन आउनेको भिड

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा नागरिकता लिन आउनेको भिड बढेको छ । नागरिकता लिन आउने सेवाग्राही बढेपछि कर्मचारीलाई पनि भ्याइनभ्याई भएको छ । पछिल्लो समय दैनिक एक सय भन्दा बढी सेवाग्राही नागरिकता लिन र ५० वटा जति प्रतिलिपि बनाउन आउने गरेको प्रशसासनको तथ्यांकमा देखिएको छ । साउन यता छ हजार पाँचसय जनाले नागरिकता लगेको […]

जनप्रतिनिधिको ध्यान चुनावमा, नागरिकता बनाउन गाउँगाउँबाट मान्छे ओसार्दै

हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरको गेटबाहिरै सेवाग्राहीको घुइँचो थियो। कोरोनाको जोखिम न्यूनीकरण गर्ने भन्दै टोकन प्रणालीबाट स्वास्थ्य मापदण्डसहित सेवा प्रवाह गरिरहेको प्रशासन कार्यालयमा मंगलबार सेवाग्राही खचाखच थिए।पछिल्लो केही महिना यता प्रशासन कार्यालयमा दैनिकजसो सेवाग्राहीको यस्तै घुइँचो लाग्ने गरेको छ। सोमबार र मंगलबार भने मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाबाट नागरिकता बनाउन आइपुगेकाहरूको घुइँचो लागेको लागेको थियो। गाउँपालिकाले गाडी रिजर्भ गरेर नागरिकता बनाउन हेटौंडासम्म ल्याइदिन

नागरिकता बनाउन दुई दिन कुर्नुपर्ने बाध्यता

सल्यान : इलाका प्रशासन कार्यालय थारमारेमा जनशक्तिको अभाव र सेवाग्राहीको भिड हुँदा नागरिकता बनाउन सास्ती भएको छ।सेवाग्राहीको चापका कारण कार्यालयमा अन्य सेवा समेत प्रभावित भएको छ। सेवाग्राहीको चाप बढेसँगै नागरिकता बनाउन दुई दिन कुर्नुपर्ने बाध्यता भएको हो। प्रशासनमा दैनिक सरदर ५० नयाँ नागरिकता जारी हुने गरेको कार्यालयले जनाएको छ।२० देखि २५ जना जति नागरिकता प्रतिलिपि, ३० देखि ३५ जनासम्म अन्य सिफारिस लिन आउने हुँदा दैनिक १ सयदेखि १२० जनासम्म सेवाग्राही आउने गरेको इलाका प्रशासन कार्यालय थारमारेका प्र

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सेवाग्राहीको घुइँचोले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ। जिल्लाका २० मध्ये १६ वटा स्थानीय तहका बासिन्दालाई एकै ठाउँबाट सेवा प्रवाह गर्दा चाप बढेको हो।कर्मचारी अभाव र फितलो व्यवस्थापनका कारण सेवाग्राही नागरिकता नै  नलिई रित्तो हात फर्किनु परेको गुनासो गरेका छन्। हरिपूर्वा नगरपालिका–३ धनकौलका वसन्तकुमार सिंह नागरिकता बनाउन दुई दिन लगातार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय धाए तर उनले नागरिकता बनाउन सकेन। सिंहले दुई दिन लगातार

तीन पालिकाका सेवाग्राहीलाई आलोपालो प्रणाली

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिका हेरफेर गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेवा प्रवाहका क्रममा भुम्लु, बेथानचोक र रोशी गाउँपालिकाका सेवाग्राहीलाई समय तालिकाअनुसार नै सेवा प्रवाह गर्ने गरी हेरफेर गरिएको कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दैनिकरूपमा आउने सेवाग्राही नागरिकता बनाउन, राहदानी बनाउन, नवीकरण गर्न र राष्ट्रिय परिचयपत्र बनाउन दैनिक ५०० भन्दा बढीको सङ्ख्यामा आउने भएपछि भीड कम गर्न सम

कोरोना जोखिम बढेपछि पालिकाका सेवाग्राहीलाई आलोपालो प्रणाली

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिकालाई हेरफेर गरेको छ ।  विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेवा प्रवाहका क्रममा भुम्लु, बेथानचोक र रोशी गाउँपालिकाका सेवाग्राहीलाई पनि समय तालिकाअनुसार नै सेवा प्रवाह गर्ने गरी हेरफेर गरिएको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम पोखरेलले दैनिकरूपमा आउने सेवाग्राही नागरिकता बनाउन, राहदानी बनाउन, नवीकरण गर्न र राष्ट्रिय परिचयपत्र बनाउन आउने दैनिक ५०० भन्दा बढीको सं...

सिराहामा नागरिकता लिन टोकन प्रणाली लागु

विचौलियामुक्त र छरितो नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सिरहाले टोकन प्रणाली अपनाएको छ । कोरोनोको जोखिम रहेकोले भीडभाड वढ्दा संक्रमणको खतरासँगै विचौलियाबाट सेवाग्राही ठगिन सक्ने भन्दै टोकन प्रणालीको थालनी गरिएको छ...

नागरिकता वितरणमा बिचौलियाको चलखेल !

नयाँ नागरिकता ऐनअनुसार जन्मसिद्ध नागरिकका सन्तानको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा बिचौलियाको चलखेल बढेको छ। यसले सर्वसाधारण सेवाग्रही मारमा परेका छन् भने बिचौलियामार्फत आउनेले तुरुन्तै नागरिकता पाउने गरेका सेवाग्राहीको गुनासो छ। नागरिकता लिनेहरूको सङ्ख्या बढ्दै गएपछि कार्यालयले दर्ता प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सेवाग्राहीका लागि अनलाइन टोकन प्रणाली लागु गरेको छ। टोकन प्रणालीअनुसार नागरिकता लिन दुई महिनासम्म कुर्नुपर्ने भएकाले धेरैजसो हुनेखाने सेवाग्राही बिचौलियामार्फत र कोही पहुँचका आधारमा एकै दिनमा नागरिकता लिने गरेको पाइएको छ। यसका लागि सेवाग्राहीले १५ देखि २५ हजार रुपियाँसम्म रकम दिने गरेका स्रोतको भनाइ छ। बिचौलियाले लिएको रकम कर्मचारीमा भागबन्डा लाग्ने गरेको सेवाग्राहीहरूको आरोप छ।