तनहुँमा नागरिकता लिन आउनेको भिड

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा नागरिकता लिन आउनेको भिड बढेको छ । नागरिकता लिन आउने सेवाग्राही बढेपछि कर्मचारीलाई पनि भ्याइनभ्याई भएको छ । पछिल्लो समय दैनिक एक सय भन्दा बढी सेवाग्राही नागरिकता लिन र ५० वटा जति प्रतिलिपि बनाउन आउने गरेको प्रशसासनको तथ्यांकमा देखिएको छ । साउन यता छ हजार पाँचसय जनाले नागरिकता लगेको […]

सम्बन्धित सामग्री

नागरिकता बनाउनेको भिड

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता प्रमाणपत्र बनाउनेको भिड बढ्दै गएको छ ।सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य र सम्बन्धविच्छेदलगायतका घटनाले नागरिकता बनाउनेको भिड बढेको कार्यालयले जनाएको छ । कार्यालयले नागरिकता बनाउन चार ठाउँमा व्यवस्था गरे पनि भ्याइनभ्याइ भएको कर्मचारीको गुनासो छ ।

सिन्धुलीमा नागरिकता प्रमाणपत्र बनाउनेको भिड

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता प्रमाणपत्र बनाउनेको भिड बढ्दै गएको छ।

दसैँपछि नागरिकता लिनेको भिड बढ्यो

दसैँको बिदा सकिएपछि जिल्ला प्रशासन कार्यालय बैतडीमा नागरिकता लिने सेवाग्राहीको भिड बढेको छ । यसअघि दैनिक ३०/४० जनाले नागरिकता लिने गरेकोमा दसैँ बिदापछि दैनिक दुई सय जनाले नागरिकता लिइरहेका छन् । दसैँ बिदा सकिएको भोलिपल्ट आइतबारदेखि प्रशासन कार्यालयमा सेवाग्राहीको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताउनुभयो ।

काठमाडौं जिल्ला प्रशासनमा नागरिकता लिनेको भिड (फोटो)

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकता लिनेको ह्वात्तै भिड बढेको छ। सरकारले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने बाटो खोलेसँगै नागरिकता लिन आउनेहरूको संख्या ह्वात्तै बढेको हो।सोमबार दिउँसो प्रशासन कार्यालय अगाडि यस्तै भिडभाड देखिएको छ। यहाँ नागरिकता लिन आउनेहरूको भिडले लाइन बस्नुपर्ने अवस्था छ। एकातर्फ अत्यधिक गर्मी र अर्कातिर लाइन बस्नुपर्दा सेवाग्राहीहरूलाई सकस छ। सुरक्षाकर्मीहरूले सेवाग्राहीहरूलाई सन्तुलित किसिमले व्‍यवस्थापन गरेका छन्।केही तस्वीर झलक :

पर्सामा प्रतिलिपी नागरिकता बिहान ७ देखि १० बजेसम्म वितरण हुने

वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपी नेपाली नागरिकता बितरण गर्ने कार्य शुक्रबारदेखि बिहानको समयमा वितरण गर्ने जनाएको छ। प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार (आज)देखि प्रतिलिपी नागरिकता वितरण गर्ने कार्य बिहान ७ देखि १० बजेसम्म गरिने जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको थेगी नसक्नु भिड भएका कारण प्रतिलिपी लिन समेत दुई तिन […]

नागरिकता बनाउन दुई दिन कुर्नुपर्ने बाध्यता

सल्यान : इलाका प्रशासन कार्यालय थारमारेमा जनशक्तिको अभाव र सेवाग्राहीको भिड हुँदा नागरिकता बनाउन सास्ती भएको छ।सेवाग्राहीको चापका कारण कार्यालयमा अन्य सेवा समेत प्रभावित भएको छ। सेवाग्राहीको चाप बढेसँगै नागरिकता बनाउन दुई दिन कुर्नुपर्ने बाध्यता भएको हो। प्रशासनमा दैनिक सरदर ५० नयाँ नागरिकता जारी हुने गरेको कार्यालयले जनाएको छ।२० देखि २५ जना जति नागरिकता प्रतिलिपि, ३० देखि ३५ जनासम्म अन्य सिफारिस लिन आउने हुँदा दैनिक १ सयदेखि १२० जनासम्म सेवाग्राही आउने गरेको इलाका प्रशासन कार्यालय थारमारेका प्र

पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड

नवलपरासी, साउन २९ । कोरोना जोखिमका बीचमा पनि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड बढेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन अभियान सुरु भएसँगै नागरिकता बनाउनेको भिड बढेको हो । परिचयपत्रका लागि संकलन हुने विवरणमा नागरिकता अनिवार्य भएकाले अन्य समयभन्दा अहिले नागरिकता बनाउनेको संख्या ह्वात्तै बढेको सहायक प्रमुख जिल्ला अधिकारी जोरा […]

नागरिकताका विषयमा भीम रावलले फैलाएको अफवाह

११ जेठ, वीरगञ्ज । पूर्वमन्त्री भीम रावलले सोमबार साँझ वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको संख्या ठूलो रहेको समाचार आयो भन्दै ट्वीटरमा लेखे । पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा रहेको र प्रशासन कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सेवा पनि बन्द रहेको अवस्थामा पूर्व गृहमन्त्रीसमेत रहेका रावलको टिप्पणीले धेरै मानिस अचम्ममा परे । सरकारले नेपाल […]