कोरोना जोखिम बढेपछि पालिकाका सेवाग्राहीलाई आलोपालो प्रणाली

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिकालाई हेरफेर गरेको छ ।  विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेवा प्रवाहका क्रममा भुम्लु, बेथानचोक र रोशी गाउँपालिकाका सेवाग्राहीलाई पनि समय तालिकाअनुसार नै सेवा प्रवाह गर्ने गरी हेरफेर गरिएको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम पोखरेलले दैनिकरूपमा आउने सेवाग्राही नागरिकता बनाउन, राहदानी बनाउन, नवीकरण गर्न र राष्ट्रिय परिचयपत्र बनाउन आउने दैनिक ५०० भन्दा बढीको सं...