सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सेवाग्राहीको घुइँचोले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ। जिल्लाका २० मध्ये १६ वटा स्थानीय तहका बासिन्दालाई एकै ठाउँबाट सेवा प्रवाह गर्दा चाप बढेको हो।कर्मचारी अभाव र फितलो व्यवस्थापनका कारण सेवाग्राही नागरिकता नै नलिई रित्तो हात फर्किनु परेको गुनासो गरेका छन्। हरिपूर्वा नगरपालिका–३ धनकौलका वसन्तकुमार सिंह नागरिकता बनाउन दुई दिन लगातार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय धाए तर उनले नागरिकता बनाउन सकेन। सिंहले दुई दिन लगातार