नागरिकता फाँटमा अत्यधिक चाप

इलाका प्रशासन कार्यालय हरिवन र बरहथवाको नागरिकता फाँटमा दसैँलगत्तै सेवाग्राहीको अत्यधिक चाप बढेको छ । यी दुवै कार्यालयमा अहिले नयाँ तथा प्रतिलिपि नागरिकता बनाउन आउने सेवाग्राहीको चाप दोब्बरले बढेको हो । दैनिक ४० देखि ४५ जना सेवाग्राही आउने इलाका प्रशासन कार्यालय हरिवनको नागरिकता फाँटबाट दसैँ बिदापछि ८० देखि ८५ जना सेवाग्राहीको नागरिकता जारी भइरहेको कार्यालयका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो ।