पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

सुर्खेत ।  नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो ।कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा  विष्ट भर्ना भएका थिए । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो । आइतबार विहान ५ बजे उपचारका क्रममा विष्टको निधन भएको उनका भाइ दल विष्ट

सम्बन्धित सामग्री

पूर्वमन्त्री न्यौपानेको निधन

काठमाडौं- नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ। कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा बुधबार बिहान ४ बजे भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा निधन भएको हो। मिर्गौला रोगपीडितसमेत रहेका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त रहेका अधिवक्ता उमाकान्त न्यौपानेले बताए। उनका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अंग […]

पूर्वमन्त्री न्यौपानेको निधन, छाेरा दुबईबाट फर्केपछि दाहसंस्कार गरिने

नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ ।

सीताको निधन भारतीय सञ्चार माध्यमको प्राथमिकतामा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनलाई भारतीय सञ्चार माध्यमले प्राथमिकता साथ छापेका छन् । आज बिहान ६९ वर्षको उमेरमा सीताको निधन भएको विषयलाई अधिकांश भारतीय अनलाइनले प्राथमिकताका साथ छापेका हुन् । द हिन्दुको अनलाइन संस्करणले, नेपाल प्राइम मिनिस्टर प्रचण्ड वाईफ सीता पास अवे शीर्षकमा समाचार छापेको छ । त्यस्तै इन्डिया टिभी, […] The post सीताको निधन भारतीय सञ्चार माध्यमको प्राथमिकतामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अभिनेता लान्स रेडिकको निधन

एजेन्सी । हलिउड अभिनेता लान्स रेडिकको निधन भएको छ । रेडिकको ६० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । उनको निधनको कारण भने हालसम्म खुल्न सकेको छैन । निधनको कारण भने अहिलेसम्म स्पष्ट नभए पनि उनको निधन प्राकृतिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सुरुवाती केही वर्षहरूमा एपिसोडिक प्रस्तुती दिएपछि रेडिकले सन् २००० […]

अभिनेता चाइप टोपोलको निधन

एजेन्सी । इजरायली चर्चित अभिनेता चाइप टोपोलको निधन भएको छ । टोपोलको ८७ वर्षको उमेरमा निधन भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टोपोलको बुधबार आफ्नै निवासमा निधन भएको हो । स्वास्थ्यमा समस्या भएको कारण उनको निधन भएको हो । टोपोलको निधनमा इजरायली राष्ट्रपति आइज्याक हर्जोगले एक विज्ञप्ति मार्फत शोक व्यक्त गरेका थिए । टोपोललाई […]

पूर्व सञ्चारमन्त्री जबराको निधन

पूर्व सूचना तथा सञ्चार मन्त्री श्रीष शमशेर जबराको सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको छ । गए राति  १ बजे तिर निधन भएको हो । ७० वर्षीय जबरा क्यान्सर रोगबाट पीडित थिए। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती र दुई छोरा रहेका छन् ।

अभिनेता सिद्धार्थ शुक्लाको निधन

भारतका चर्चित कलाकार सिदार्थ शुक्लाको हृदयघातको कारण निधन भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार उनको कोपर अस्पताल, जुहु मुम्बईमा बिहीबार निधन भएको हो।

सञ्चार उद्यमी महेन्द्र शेरचनको निधन

संविधानसभाका सदस्य एवं राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा असामयिक निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर नेपाल एपीएफ अस्पताल, बलम्बुमा उपचाररत शेरचनको बुधबार साँझ भएको निधनले सञ्चार क्षेत्रले एउटा अनुभवी र आदर्श अभिभावक गुमाएको छ । २० वर्षअघि लोकप्रिय राजधानी दैनिकको प्रकाशकका रूपमा देखा परेका शेरचनले नेपाली छापा पत्रकारिताको […]

कोरोनाबाट पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।१६ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि कर्णाली अस्पतालमा उपचार गराएका उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापतिसमेत रहेका बिष्ट शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए।

पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको हो। कोरोना पुष्टि भएपछि गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएका उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । […]