काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको हो। कोरोना पुष्टि भएपछि गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएका उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । […]