नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जली दिनका लागि राखिएको छ । मस्तिष्कघात भइ एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति निधन भएको हो । नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री, काठमाडौंका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्ष गरेका थिए । जोशीको आजै अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
काठमाण्डाै - पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता स्वर्गीय नवीन्द्रराज जोशीको अहिले दाहसंस्कार गरिएको छ ।
उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार भएको हो । पशुपति आर्यघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।
यसअघि जोशीको पार्थिव शरीर पार्टी कार्यालय सानेपामा राखिएको थियो ...