काठमाडौँ : विभिन्न क्षेत्रका झण्डै २ हजार करदाताले झुटा तथा नक्कली बीजक प्रयोग गरी झण्डै १० अर्ब राजस्व छली गरेको भेटिएको छ। आन्तरिक राजस्व विभागले गरेको सुक्ष्म अध्ययनमा एक हजार ९८६ करदाताले झुटा तथा नक्कली बीजक बनाएर कर छली गरेको भेटिएपछि गहन अनुसन्धान थालेको छ।विभागले विगतमा भएका अनुसन्धानबाट प्राप्त तथ्याङ्कका आधारमा ९ अर्ब ९३ करोड बढी रकमको झुटा तथा नक्कली बीजक प्रयोग गरेको अवधिसमेत खुल्ने विस्तृत विवरणसहित ती करदातामाथि अनुसन्धानका लागि कार्यालयहरूमा पठाइएको छ। अनुसन्धान तथा कारबाहीप