काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा दक्षिण कोरियासँग नेपालको व्यापार घाटा १० अर्ब ३७ करोड ५७ लाख २५ हजार रुपैयाँ पुगेको छ। २०७७ साउनदेखि २०७८ वैशाखसम्म नेपालले कोरियाबाट १० अर्ब ५३ करोड ६१ लाख ४१ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। नेपालबाट मात्र १६ करोड ४ लाख १६ हजार रुपैयाँको वस्तु गएको छ।