चुनावका लागि १० अर्ब लाग्ने, एक करोड ८२ लाख मतदाता

मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खर्च करिब रु.१० अर्ब लाग्ने र कूल मतदाता सङ्ख्या करिब एक करोड ८२ लाख हुने आयोगले अनुमान गरेको छ।निर्वाचनलाई स्वच्छ,स्वतन्त्र र मितव्ययी बनाउन आयोगले अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि सूचना प्रकाशित गरी आह्वान समेत गरी सकेको छ।निर्वाचनमा १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र रहने छन्।

सम्बन्धित सामग्री

आयोगले माग्यो चुनावका लागि १० अर्ब ९८ करोड

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग बजेट मागेको छ । १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार बजेटका लागि शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको छ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन […]

चुनावका लागि आयोगले माग्यो सरकारसँग १० अर्ब बजेट

काठमाडौं: निर्वाचन आयोगले सरकारसँग प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि १० अर्ब रुपैयाँ माग गरेको छ। २०७४ सालमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ७ अर्ब ८० करोड खर्च भएको भन्दै आयोगले यसपटक हाल बजार मूल्य बढेको भन्दै रकम बढाएर बजेट माग गरेको हो। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको निर्वाचन…

प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आयोगले माग्यो १० अर्ब

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १० अर्ब बजेट मागेको छ । आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति तोक्न परामर्श दिँदै निर्वाचनका लागि करिब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेस गरेको हो ।

चुनावका लागि खर्च जुटाउन सकस, दाताहरू अनिच्छुक

आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारलाई चुनावी खर्च जुटाउन समस्या परेको छ ।अर्थ मन्त्रालयले चुनावका लागि चालू आर्थिक वर्ष (आव) को बजेटमा १० अर्ब रुपैयाँ छुट्ट्याएको छ । तर, निर्वाचन आयोगलगायत निकायबाट ५० अर्ब रुपैयाँभन्दा बढी रकम माग भएपछि स्रोतको जोहो गर्न समस्या परेको हो । माग गरिएअनुसारको बजेट जोहो गर्न मन्त्रालयले दिनहुँजसो विभिन्न दातृ निकायसँग हारगुहार गरे पनि दाताहरू सहयोग गर्न अनिच्छुक देखिएका छन् ।दातृ निकायबाट सहयोग जुटाउन ठूला साझेदार संस्था विश्व बैंक, एशियाली

चुनावका लागि स्रोत जुटाउन सरकारलाई सकस

काठमाडौं, फागुन १२ । आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारलाई चुनावी खर्च जुटाउन समस्या परेको छ । अर्थ मन्त्रालयले चुनावका लागि चालू आर्थिक वर्ष (आव) को बजेटमा १० अर्ब रुपैयाँ छुट्ट्याएको छ । तर, निर्वाचन आयोगलगायत निकायबाट ५० अर्ब रुपैयाँभन्दा बढी रकम माग भएपछि स्रोतको जोहो गर्न समस्या परेको हो […]

चुनावका लागि ५० अर्ब माग भएको अर्थमन्त्री शर्माको खुलासा

काठमाडौं, २७ माघ । अर्थमन्त्री जर्नादन शर्माले आउँदो वर्ष हुने चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएको खुलासा गरेका छन् । उनले स्थानीय चुनावका लागि सुरक्षालगायत अन्य खर्चबाहेक मात्र १२ अर्ब रुपैयाँ माग भएको बताए । आज बजेटको अर्धवार्षिक समिक्षामा बोल्दै चुनावका लागि अहिले १० अर्ब रुपैयाँ मात्र छुट्याइएको बताए । चुनावका लागि स्रोत […]

चुनावका लागि ५० अर्ब बजेटको माग आएको छ, १० अर्ब बजेट छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि ५० अर्ब बजेट माग भएको बताएका छन् । आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षामा मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए

चुनावका लागि मात्रै ५० अर्ब बजेट माग छ : अर्थमन्त्री

२७ माघ, काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए । ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’ सरकारले आगामी […]