काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्टि जनाएका छन्। सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा पेस गरेपछि त्यसप्रति असन्तुष्टि जनाएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौं हामी। संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी? हुन्छ कसरी? गर्छ कसले? सल्लाह दिन्छ कसले? यो दुःखद छ। प्रधानमन्त्री शेरबहादुर देउ