काठमाडौं : जयन्ती बस्नेत प्रारम्भिक बाल विकास (इसिडी) शिक्षक भएर बालबालिकाहरूको भविष्य कोर्न लागि परेको १० वर्ष भइसक्यो। उनी ललितपुर महानगरपालिका वडा-१४ धापाखेलस्थित बालोदय आधारभूत विद्यालयमा पढाउँछिन्। सरकारी (सामुदायिक) विद्यालयको आधारशिला भनेको बालविकास केन्द्रलाई मानिन्छ।यही कक्षाबाट क, ख सिकेर भविष्य उज्जवल बनाउँछन् बालबालिका। यसमा उनको महत्वपूर्ण योगदान छ तर अरू बालबालिकाहरूको भविष्य कोरिरहेकी बस्नेतको भने यसमा भविष्य छैन। त्यसो त उनी बेला बेला सरकारको ढोका ढकढक्याउँछिन्। तर