स्कार्पियो चालकको दैनिक ज्याला ६ हजार ९३० रुपैयाँ

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले चालू आर्थिक वर्ष २०७८र७९ का लागि नयाँ ज्याला दर कायम गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको बजेटको व्यवस्थाअनुसार नयाँ ज्याला दर तोकेको हो। जसमा सबै भन्दा धेरै ज्याला स्कार्पियो, डबल क्याद चार चक्केको चालकको दैनिक ६ हजार ९३० रुपैयाँ तोकिएको छ। यस्तै, बोलेरो चालकको ५ हजार ७७५ रुपैयाँ प्रतिदिन ज्याला कायम भएको प्रशासन कार्यालयले जनाएको छ।

सम्बन्धित सामग्री

श्रमिकको तलब बढ्यो

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको तलब बढाएको छ । मन्त्रालयले हालै राजपत्रमा सूचना प्रकाशित गरी साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको तलब बढाएको हो । चिया बगानमा काम गर्ने र चिया बगानबाहेकका क्षेत्रमा काम गर्ने श्रमिकको तलब फरक अंकले बढाइएको छ । चिया बगानमा काम गर्ने श्रमिकको तलब मासिक १३ हजार ८९३ रुपैयाँ पुर्‍याइएको छ, जसमा आधारभूत पारिश्रमिक ८ हजार ९३४ रुपैयाँ र महँगी भत्ता ४ हजार ९५९ रुपैयाँ तोकिएको छ । ज्यालादारीमा काम गर्ने चिया बगानका श्रमिकको दैनिक पारिश्रमिक पनि ५०० रुपैयाँ पुर्‍याइएको छ, जसमा आधारभूत ज्याला ३२३ रुपैयाँ र महँगी भत्ता १७७ रुपैयाँ कायम गरिएको छ । यसैगरी प्रतिघण्टा काम गर्दा ६६ रुपैयाँ दिनुपर्ने मन्त्रालयले बताएको छ । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता ६३ रुपैयाँ तोकिएको छ । अन्य क्षेत्रमा काम गर्ने श्रमिकको तलब मासिक १७ हजार ३०० रुपैयाँ तोकिएको छ, जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रुपैयाँ र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ तय गरिएको छ । दैनिक काममा लगाउँदा श्रमिकको पारिश्रमिक ६६८ रुपैयाँ तोकिएको छ । यसमा आधारभूत पारिश्रमिक ४१८ रुपैयाँ र महँगी भत्ता २५० रुपैयाँ तय गरिएको छ । घण्टाको हिसाबले काममा लगाउँदा प्रतिघण्टा ८९ रुपैयाँ दिनुपर्ने व्यवस्था गरिएको छ । यससँगै आंशिक समय मात्र काम गर्ने कामदारको प्रतिघण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ तोकिएको छ । सरकारले तोकेभन्दा कम पारिश्रमिकमा काम लगाउन नपाइने भएको छ । यससँगै नियुक्तिपत्र, श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । त्यस्तै, स्थानीय सरकार तथा अन्य निकायले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा योभन्दा कम नहुने गरी निर्धारण गर्नुपर्ने सूचनामा उल्लेख छ ।

लिदी पहिरो प्रभावितले पाए अस्थायी आवास

साउन २४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा एक वर्ष अघि गएको पहिरोबाट विस्थापित बनेकाहरुले अस्थायी आवास प्राप्त गरेका छन् ।  ७८ लाख २८ हजार ७५३ रुपैयाँ लागतमा अस्थायी आवास निर्माण गरिएको हो । सो लागतमा ३१ ओटा आवास भवन, ७ ओटा शौचालय, एउटा हेल्थ पोष्ट भवन, एउटा क्यान्टिन र एउटा स्नानगृह निर्माण गरिएको जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले बताए । प्रति घर २ लाख ५२ हजार ५३९ रुपैयाँ लागतमा निर्माण गरिएको हो । आइतवार एक कार्यक्रमबीच लिदी पहिरो प्रभावित परिवारका लागि जुगल गाउँपालिका–१ बाँसखर्कमा निर्मित अस्थायी आवास प्रभावितलाई हस्तान्तरण गरिएको छ । नेपाली सेना २६ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।  आवास नेपाली सेनाले निःशुल्क श्रमदानबाट निर्माण भएको हो । आवास निर्माणको लागि जुगल गाउँपालिका प्रकोप व्यवस्थापन कोषबाट  ५८ लाख २ हजार ४९ रुपैयाँ र विभिन्न संघसंस्था एवम् व्यक्तिहरुबाट २० लाख २६ हजार ६८६ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले बताए । आवास निर्माण गर्दा २९ लाख ६ हजार ११२ रुपैयाँको २२ हजार ५२५ किलो फलाम, ७ लाख ४३ हजार ८७९ रुपैयाँको ५८ वण्डल जस्तापाता, १ लाख ६८ हजार ३७१ रुपैयाँको २३० बोरा सिमेण्ट प्रयोग गरिएको छ । १ लाख ४८ हजार रुपैयाँको गिटी, १ लाख ८० हजार रुपैयाको बालुवा, २५ हजार ५०० रुपैयाँको ढुंगा, ९६ हजार ५४८ रुपैयाँको इन्धन र ८ लाख ३१ हजार ३८५ रुपैयाँको ढुवानी, टुल्स लगायतमा खर्च भएको स्थानीय विपद् व्यवस्थापन समिति अध्यक्ष समेत रहेका पालिका अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै स्काभेटरमा ९० हजार रुपैयाँ, झ्याल ढोकामा ४९ हजार २६८, विद्युत तथा शौचालय सामग्रीमा १ लाख ५७ हजार ८७५, मजदूर ज्याला ३ लाख ५५ हजार ७५० र ४९ हजार ३६१ रुपैयाँ खर्च भएको समितिले जानकारी दिएको छ ।  आवास निर्माणको लागि क्रिकेट खेलाडी सन्दिप लामिछानेले १ लाख २३ हजार ४८८ रुपैयँको ९०८ किलो फलाम र ३ लाख ७१ हजार ६१३ रुपैयाँको २५ वण्डल जस्तापाता सहयोग गरेका थिए । त्यस्तै सिएरआरसी÷केयर नेपालले २२ हजार ८ सय रुपैयाँको ३० बोरा सिमेन्ट, ७ लाख ६३ हजार ९६० रुपैयाँको ६७ वण्डल जस्तापाता, पर्यटन व्यवसायी मिलन तामाङ र माया गुरुङले ७ लाख ४ हजार ८२८ रुपैयाँको ५५ वण्डल जस्तापाता, निर्मला सिलवालले ४० हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री सहयोग गरेको श्रेष्ठले बताए । एक वर्ष पछि अस्थायी भए पनि आवास पाएकोमा पहिरो प्रभावितहरु खुसी भएका छन् । ‘एक वर्षसम्म पालमा बस्दा हामीलाई निक्कै सकस भएको थियो । सुत्केरी, बालबालिका, बृद्धबृद्धालाई समस्या थियो’, पहिरो प्रभावित सावित्री तामाङले भनिन् ‘अहिले हामीले अस्थायी आवास पाएका छौं, यसले हामीलाई केहि मात्रामा भएपनि खुसी दिएको छ ।’ अब बाँकी ११८ घर परिवारलाई नै आवासको लागि स्थानीय सरकारले प्रयत्न गर्नुपर्नेमा उनले जोड दिइन् ।  स्थानीय सरकारले पहिरो प्रभावित सबैलाई आवासको लागि प्रयत्न भइरहेको स्थानीय सरकारले जनाएको छ । ‘लिदीका २०८ घरधुरीसहित २५७ विपद् प्रभावितहरुसँग लाभग्राही सम्झौता गरी स्थायी आवास निर्माण गर्ने प्रकृया शुरु भइसकेको छ’, जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले भने । २०७७ साउन ३० गते गएको पहिरोमा २०९ घरघुरी प्रभावित बनेको थियो । पहिरोमा ३९ जनाको मृत्यु भएको थियो भने ३४ घरमा क्षति पुगेको थियो । जसमध्ये २९ घर पूर्ण क्षति भएको थियो ।

मुम्बईको कोठीमा लगेर महिला बिक्री गर्ने व्यक्ति २८ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरी मानव बेचविखन तथा ओसारपसार मुद्दाका एक फरार आरोपीलाई २८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुर बस्ने रामशरण पण्डित भन्ने ६८ वर्षीय रामशरण पण्डित क्षेत्री रहेका छन् । रामशरणले आर्थिक अवस्था कमजोर भएका २ जना महिलालाई विभिन्न व्यक्तिहरूसँग भेट गराई भारतको महाराष्ट्रमा हिरा पाउँछ महिलाले लुकाई नेपाल ल्याउँदा पक्राउ पर्दैन, बाटोमा लाग्ने सबै खर्च हामीले व्यहोर्छौँ र हिरा ल्याए वापत जनही ६ हजार रूपैयाँका दरले ज्याला दिनेछौँ भनि प्रलोभनमा पारी महिलालाई मुम्बई पुर्याएका थिए । काठमाडौं कलंकीबाट वीरगंजको रक्सौल नाका हुँदै मुम्बई पुर्‍याईएका ती महिलालाई कोठी सञ्चालिकाहरूकोमा बेचेको प्रहरीले जनाएको छ । उनीहरु लामो समयपछि मुम्बई प्रहरीको सहयोगमा उद्दार भई नेपाल फिर्ता भएपछि २०४९ भदौ १२ गते तत्काल जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जाहेरी पेश गरेका थिए । साउदी अरबमा १२ वर्ष तथा नेपालका विभिन्न ठाउँहरूमा लुकिछिपी बसेका क्षेत्रीलाई घटनाको २८ वर्षपछि प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहल काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।

इँटाभट्टामा १०% बालश्रमिक, ७६% श्रमिकको ज्याला नाइकेमार्फत

- १ हजार ३५ जना बन्दी बनेर काम गर्न बाध्य   - ६ हजार २९९ लाई जबर्जस्ती श्रम गर्नुपर्ने बाध्यता   - रोल्पा, रौतहट,