ज्याला नपाएको भन्दै मजदुरले गरे विद्यालयमा तालाबन्दी

सल्यान : ज्याला नपाएको भन्दै मजदुरले बागचौर नगरपालिका–९ कुइयापानीस्थित श्री सूर्य आधारभूत विद्यालयमा तालाबन्दी गरेका छन्।विद्यालयको दुई कोठे भवन निमार्ण गरेको ज्याला नपाएपछि तालाबन्दी गरेको नरबहादुर डाँगीले बताए। भवन निमार्ण गर्ने सात मदजुरले ७५ दिनको ज्याला नपाएको उनका भनाइ छ।उनले भने‚ ‘पैसा माग्दा निर्माण समितिले विद्यालय व्यवस्थापन समितिलाई देखाउने, समितिलाई भन्दा निर्माण समितिलाई देखाएर हाम्रो पैसा दिन आनाकानी भइरहेको छ।’निर्माण समितिका अध्यक्ष प्रेमबहादुर डाँगील

सम्बन्धित सामग्री

राजनीतिमुक्त विश्वविद्यालयको अपेक्षा

भनिन्छ, कुनै पनि मुलुक बिगार्नु छ भने शिक्षामा आक्रमण गर्नुपर्छ । मुलुककै ठूलो त्रिभुवन विश्वविद्यालयको पछिल्लो अवस्थाले यसैको सङ्केत गर्छ । विश्वविद्यालयमा दुई वर्षको अवधिमा दुई सय दिनभन्दा धेरै समय आन्दोलनकारीको ताला झुण्डिसकेको छ । नेतृत्व विश्वविद्यालय छिरेको साढे दुई वर्ष बितिसकेको छ । यस बीचमा विश्वविद्यालयमा पटकपटक ताला लाग्यो । अहिले पनि मुख्य पदाधिकारीको कार्यकक्षमा आंशिक प्राध्यापक र विद्यार्थी सङ्गठनबाट ताला लागेको महिना दिन पुग्नै लागिसकेको छ । आंशिक प्राध्यापकले पनि आफूहरूमाथि श्रम शोषण भएको र कामको उचित ज्याला नपाएको भन्दै दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा लैजानुपर्ने माग राखी तालाबन्दी गरेका छन् । अर्को तालाबन्दीको अगुवाइ गरेको नेपाल विद्यार्थी सङ्घले जनकपुरस्थित युथ क्याम्पसलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रमका लागि आफँैले दिएको सम्बन्धन खारेज गरिदिएको आरोप लगाउँदै उक्त सम्बन्धन यथावत राख्नुपर्ने माग राखेको छ ।

ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन । गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन् । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा नं १ बाट छनोट भएका थिए । प्रति व्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिए ।उनले आफुहरुलाई ५० दिनस