कर्णाली कोरिडोरसँग सडक पहुँच नभएका ग्रामीण बस्तीका मानिस बिरामी हुँदा डोली या डोकामा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँका स्थानीय जनक शाहीले घरमा भाउजू बिरामी भएपछि दुई घण्टा बोकेर गाउँपालिका केन्द्र याङ्चु बजारमा रहेको सामुदायिक अस्पतालमा लग्नु परेको बताउनुभयो । उहाँले गाउँमा सडक नजोडिएका कारण बिरामीलाई मानिसले बोकेर स्वास्थ्य संस्थामा लैजानुको विकल्प नभएको उल्लेख गर्नुभयो ।